धादिङ स्पेशल / नीलकण्ठ / राजनिति

गृहपृष्ठ धादिङ स्पेशल / नीलकण्ठ / राजनिति
Pageutter

तरुण दल धादिङको पाँचौ अधिवेशन बैशाख दोस्रो साता धादिङवेशीमा हुने

Nikantha Na Pa
तरुण दल धादिङको पाँचौ अधिवेशन बैशाख दोस्रो साता धादिङवेशीमा हुने

धादिङ: नेपाल तरुण दल धादिङको पाँचौ जिल्ला अधिवेशन बैशाख दोस्रो साता धादिङवेशीमा हुने भएको छ ।

शनिवार धादिङवेशीमा बसेको दलको वैठकले २०८२ सालको पहिलो साताभित्र पालिका अधिवेशन सम्पन्न गर्ने र बैशाख १३ देखि १५ गते जिल्ला अधिवेशन सम्पन्न गर्ने गरी तरुण दल केन्द्रमा मिति प्रस्ताव गरिएको जिल्ला अध्यक्ष गोपाल विश्वकर्माले जानकारी दिए ।

विश्वकर्माले भने, ‘हामीले पालिका अधिवेशनको तयारीलाई अन्तिम चरणमा पु्र्याएका छौ, केन्द्रबाट अधिवेशन मिति अनुमोदन पश्चात बैशाख दोस्रो साता तरुण दल धादिङले नयाँ नेतृत्व पाउनेछ ।’

शनिवारको वैठकले पालिका अधिवेशन गराउनको लागि प्रतिनिधिहरु पनि खटाएको छ ।  जसअनुसार क्षेत्र नं २ अन्तर्गतको रुवीभ्याली गाउँपालिकाको लागि आइत घले र राज बस्नेत, गंगाजमुना गाउँपालिकाको लागि आशिष किरण अधिकारी, खनियावास गाउँपालिकाको लागि गंगा बहादुर तामाङ, नेत्रावती गाउँपालिकाको लागि शंकर धमला र आइतराम तामाङ, त्रिपुरासुन्दरी गाउँपालिको लागि उमेश कुमार श्रेष्ठ र नीलकण्ठ नगरपालिकाको लागि राधाकृष्ण भण्डारीलाई जिम्मेवारी दिइएको तरुण दल धादिङले जनाएको छ । ज्वालामुखी गाउँपालिकाको लागि प्रतिनिधि तोक्न वाँकी रहेको छ ।

त्यस्तै क्षेत्र नं १ अन्तरगत बेनिघाट रोराङ गाउँपालिको लागि किरणलाल श्रेष्ठ र सञ्जय श्रेष्ठ, गजुरी गाउँपालिकाको लागि आशिस खरेल, गल्छी गाउँपालिकाको लागि महेश खतिवडा र माधव खतिवडा, सिद्धलेक गाउँपालिकाको लागि विशाल गिरी, थाक्रे गाउँपालिकाको लागि रवीसुदन थापा र धुनीवेशी नगरपालिकाको लागि सुन्दर हमाललाई प्रतिनिधि तोकिएको हो ।

Sahid Memorial
Pageutter
Pageutter

पालिकाको अधिवेशन सकिएपछि जिल्ला अधिवेशनको लागि प्रतिनिधिहरुको टुङगो लाग्नेछ । वडाबाट आउने प्रतिनिधिहरुको नाम आएपनि पालिकाबाट आउने प्रतिनिधिहरु वाँकी रहेकाले जिल्ला अधिवेशनका लागि आउने प्रतिनिधिहरुको संख्या यकिन भएको छैन ।

Between Description 4

जिल्ला अधिवेशनलाई भब्य र सभ्य बनाउनको लागि विभिन्न उपसमितिहरु पनि गठन गरेको छ । आर्थिक संयोजनका लागि अध्यक्ष गोपाल विश्वकर्माको संयोजकत्वमा ७ सदस्यीय समिति बनाइएको छ । त्यस्तै अनुशासन समितिमा रवीसुदन थापा, सूचना तथा प्रचारप्रसारमा हरि अधिकारी, यातायात भोजन तथा आवास ब्यवस्थापनका लागि राधाकृष्ण भण्डारीलाई जिम्मेवारी तोकिएको छ ।
पालिकाहरुको अधिवेशन सम्पन्न गराउनको लागि अधिवक्ता रामचन्द्र भट्टको संयोजकत्वमा दिनेश दुवाडी र नवराज सिलवालको निर्वाचन समिति बनाइएको छ ।

तत्कालिन नेपाली काँग्रेस प्रजातान्त्रिक र नेपाली काँग्रेसवीच २०६४ सालमा पार्टी एकता भएपश्चात तरुण दल धादिङको अधिवेशन हुन सकेको छैन । २०६१ सालदेखि अध्यक्ष रहेका गोपाल विश्वकर्माले २०७३ सालमा चौथो अधिवेशन गराएर दिनेश लामालार्न नेतृत्व हस्तान्तरण गरेपनि तरुण दल केन्द्रले चौथो अधिवेशनलाई अमान्य घोषणा गरेर पुनः विश्वकर्मालाई नै जिम्मेवारी दिँदा तरुण दल धादिङको अध्यक्षको रुपमा विश्वकर्माले २० वर्षको कार्यकाल विताएका छन् ।

करिव २० वर्षपछि अधिवेशन हुदै गर्दा तरुणहरुमा निकै उत्साह देखिएको छ । पाँचौ अधिवेशनबाट अध्यक्ष बन्नको लागि वर्तमान उपाध्यक्षहरु राधाकृष्ण भण्डारी, रवीसुदन थापा, शंकर धमला, आशिसकिरण अधिकारी, धन बहादुर तामाङको नाम चर्चामा  छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Below Reaction 2
Below Reaction 3
Below Related
Below Related 2
Below Related 2
Sahid Memorial
DHO Dengue

धादिङ स्पेसल

Below Dhading Special3