धादिङ स्पेशल / गजुरी / राजनिति / नेपाल

गृहपृष्ठ धादिङ स्पेशल / गजुरी / राजनिति / नेपाल
Pageutter

गजुरी क्याम्पसमा अखिल क्रान्तिकारीको जवरजस्ती, स्ववियुमा प्यानलै स्वघोषणा

Nikantha Na Pa
गजुरी क्याम्पसमा अखिल क्रान्तिकारीको जवरजस्ती, स्ववियुमा प्यानलै स्वघोषणा

धादिङ : धादिङको गजुरी गाउँपालिका स्थित गजुरी बजारमा रहेको आदर्श बहुमुखी क्याम्पस प्रशासन र चुनावी कार्यदल दुबैले स्ववियु चुनाव नगराएको भन्दै ५१ प्रतिशत हस्ताक्षर सहित विद्यार्थीहरुले गणेश पाण्डेलाई स्ववियु सभापति बनाएका छन् ।

चुनाव गराउन पटक-पटक ध्यानाकर्षण गराईयो, क्याम्पस प्रशासन र चुनावी कार्यदल दुबैले स्ववियु चुनाव गराउन खोजेनन् तसर्थ ५१ प्रतिशत विद्यार्थीहरुले आफुलाई पुन: स्ववियु सभापतिमा निर्वाचित गराएको गणेश पाण्डेले  बताए ।

५१% हस्ताक्षर सहित गठन गरिएको समिति
सभापतिः गणेश पाण्डे
उप सभापतिः सुस्मिता बरुवाल
सचिवः गरिमा लामिछाने
सह सचिव: सुमन डीसी
कोषाध्यक्ष: कुशल सुवेदी
सदस्यहरुः सुनिल वि.क., सलिना सुवेदी, अस्मिता चेपाङ, प्रमिला अधिकारी, नारायण पराजुली, सजिता तामाङ

Sahid Memorial
Pageutter
Pageutter

क्याम्पस प्रशासन र क्याम्पस संचालन समितिले हाल तपाईको नेतृत्वमा बनेका समितिलाई मान्यता दिन्छ त भन्ने प्रश्नमा पाण्डे भन्छन्, ५१ प्रतिशत विद्यार्थीहरुको हस्ताक्षर क्याम्पस प्रशासनमा बुझाईएको छ यो त मान्नै प¥यो नि ।

Between Description 4

आदर्श बहुमुखी क्याम्पस गजुरीको संचालन समितिको अध्यक्षमा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे छन् ।

यसअघि २०७९ मा भएको स्ववियु निर्वाचनमा पनि अखिल (क्रान्तिकारी) का पाण्डेले एमालेको अनेरास्ववियु र कांग्रेसको नेवि संघको गठबन्धनलाई पराजित गर्दै सभापति बनेका थिए । गठबन्धनबाट सभापतिका उम्मेदवार अनेरास्ववियुका सुरेश श्रेष्ठ ६१ मतमा सिमित हुँदा क्रान्तिकारीका पाण्डेले ७१ मत ल्याई विजयी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Below Reaction 2
Below Reaction 3
Below Related
Below Related 2
Below Related 2
Sahid Memorial
DHO Dengue

धादिङ स्पेसल

Below Dhading Special3