धादिङ स्पेशल / राजनिति / नेपाल

गृहपृष्ठ धादिङ स्पेशल / राजनिति / नेपाल
Pageutter

धादिङमा स्ववियु निर्वाचनः कतै गोला प्रथा, कतै प्यानलै निर्वाचित हुँदा कतै गठवन्धन नै पराजित

Nikantha Na Pa
धादिङमा स्ववियु निर्वाचनः कतै गोला प्रथा, कतै प्यानलै निर्वाचित हुँदा कतै गठवन्धन नै पराजित

धादिङ : त्रिभुवन विश्वविद्यालय अन्तरगतका धादिङ जिल्लाको तीनवटा क्याम्पसमा मंगलबार स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भएको छ । त्रि.वि अन्तरगत धादिङमा १२ वटा क्याम्पसहरु रहेका छन् ।

विशेष गरी तीन ठुला दल निकटका विद्यार्थी संगठनहरुको एक आपसमा प्रतिस्पर्धा देखिएको निर्वाचनमा परिणाम भने मिश्रित रुपमा आएको छ ।

कुनै क्याम्पसमा एक्लाएक्लै र कुनैमा गठवन्धन सहित उम्मेद्वार रहेकामा समग्र नतिजामा तीन ठुला दलकै बर्चश्व देखिएको छ ।

धुनीवेशी नगरपालिकामा रहेको मछिन्द्र बहुमुखी क्याम्पस र बेनिघाट रोराङ गाउँपालिकामा रहेको जयबागेश्वरी क्याम्पस तथा चन्द्रोदय बहुमुखी क्याम्पसमा मंगलबार निर्वाचन भएको थियो ।

निर्वाचन परिणाम मिश्रित
बेनिघाट रोराङ गाउँपालिकाको चन्द्रोदय बहुमुखी क्याम्पसमा नेविसंघ र अनेरास्ववियुको प्यानलसंग अखिल क्रान्तिकारी एक्लै प्रतिस्पर्धामा उत्रिएको थियो ।

निर्वाचन समितिले दिएको जानकारी अनुसार अध्यक्ष पदका दुवै उम्मेद्वार अभिषेक पाण्डे र अन्जना रेग्मी को बराबर ७३ मत आएपछि गरिएको गोलाप्रथामा संयुक्त प्यालनबाट उठेका नेविस‌घका अभिषेक पाण्डे भाग्यमानी बने । उनकै प्यानलबाट सचिव पदका उम्मेद्वार अनेरास्ववियुका सुमन थापा क्रान्तिकारीका प्रतिस्पर्धी विवेक त्रिपाठीलाई १ मतले हराउदै विजयी बने ।

थापाले ७३ मत पाउदा त्रिपाठीले ७२ मत मात्रै पाएका थिए । त्यस्तै कोषाध्यक्षमा पनि पाण्डे प्यालनबाटै प्रविन आले ७७ मत ल्याउदै विजयी भए । उनका प्रतिस्पर्धी सुवास सुयलले ६८ मत मात्रै पाए । चन्द्रोदयमा १५७ मतदाता रहेका थिए ।

जय बागेश्वरीमा क्रान्तिकारीका अनुनय सिलवाल विजयी
बेनिघाट रोराङ गाउँपालिकाकै जयबागेश्वरी बहुमुखी क्याम्पसमा भने संयुक्र गठवन्धनका उम्मेद्वारलाई हराउदै अखिल क्रान्तिकारीका अनुनय सिलवाल निर्वाचित भएका छन् । सचिवमा भने संयुक्त प्यानलबाट नेविसंघका आकृति कँडेल विजयी भइन् ।
 

Sahid Memorial
Pageutter
Pageutter

मछिन्द्र बहुमुखी क्याम्पसमा नेविसंघको दवदवा
धुनीवेशी नगरपालिकाको मछिन्द्र बहुमुखी क्याम्पसमा भने नेपाल विद्यार्थी संघको पुरै प्यानल नै निर्वाचित भएको छ । सवै विद्यार्थी संगठनहरु एक्लाएक्लै भिडेको यस क्याम्पसमा १ सय ९४ मतदाता  थिए ।

Between Description 4

जसमा नेपाल विद्यार्थी संिघका समिर पाठक अध्यक्षमा विजयी हुँदा सचिवमा र कोषाध्यक्षमा पनि नेविसंघबाट अनिता गजुरेल र मनिष कोइराला विजयी भए ।

जिल्लाकै पहिलो र ठुलो क्याम्पसमा भने निर्वाचन अनिश्चित
जिल्ला सदरमुकाममा रहेको नीलकण्ठ बहुमुखी क्याम्पस र गजुरीमा रहेको आदर्श बहुमुखी क्याम्पसमा भने निर्वाचन हुन सकेको छैन ।

नीलकण्ठमा निर्वाचनका कार्यक्रम अघि बढिसकेर पनि निर्वाचन समितिका संयोजकले राजिनामा दिएपछि निर्वाचन प्रक्रिया स्थगीत भएको पत्र क्याम्पसले सार्वजनिक गरेको थियो ।

क्याम्पस सञ्चालक समितिले नयाँ निर्वाचन समिति बनाएर मात्रै निर्वाचन कार्यक्रम अघि बढ्ने क्याम्पस प्रशासनले जानकारी दिएको छ । मतदाताको अन्तिम नामावली अनुसार नीलकण्ठमा ९ सय १४ जना मतदाता थिए ।

उता त्रिपुरासुन्दरी गाउँपालिकामा रहेको सल्यानटार क्याम्पसमा स्ववियु निर्वाचन नै भएन भने नेत्रावती सामुदायिक क्याम्पसमा भने सर्वसम्मत रुपमा अखिल क्रान्तिकारीका अभिषेक थपलिया निर्वाचित भएका थिए ।

नेत्रावतीमा अखिल (क्रान्तिकारी) ले सभापति सहित ३ सदस्य, नेवि संघले उप सभापति र सहसचिव सहित १ सदस्य र अनेरास्ववियुले सचिव÷कोषाध्यक्ष सहित २ सदस्य लिने सहमति गरेसँगै क्रान्तिकारीबाट अभिषेक थपलिया सभापतिमा निर्विरोध निर्वाचित भएका हुन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
80 %
WOW
0 %
 Like
20 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Below Reaction 2
Below Reaction 3
Below Related
Below Related 2
Below Related 2
Sahid Memorial
DHO Dengue

धादिङ स्पेसल

Below Dhading Special3