धादिङ स्पेशल / खेलकुद / नेपाल

गृहपृष्ठ धादिङ स्पेशल / खेलकुद / नेपाल
Pageutter

सुमन स्मृति कप फुटवलको सेमिफाइनलमा आर्मी र D.F.C. तथा  M.Y.C. र सेभेन हर्स भिड्ने

Nikantha Na Pa
सुमन स्मृति कप फुटवलको सेमिफाइनलमा आर्मी र D.F.C. तथा  M.Y.C. र सेभेन हर्स भिड्ने

धादिङ: धादिङवेशीमा जारी प्रथम सुमन स्मृपि कपको सेमिफाइनल समिकरण पुरा भएको छ । विहीबार क्वाटरफाइनल चरणका सवै खेल सकिए पश्चात सेमीफाइनल पुग्ने टिमहरुको टुङगो लागेको हो ।

विहीबारको पहिलो खेलमा नेपाली सेनाको शिवदल गणको टिमले नुवाकोटको नागिनिथान युुवा क्लवलाई १ का विरुद्ध ४ गोलले पराजित गर्दै सेमिफाइनलनमा स्थान पक्का गरेको हो ।

त्यस्तै दोस्रो खेलमा पेनाल्टी सुटआउटमा हिम्स नेपाललाई पराजित गर्दै सेभन हर्सले सेमिफाइनलमा स्थान बनाएको हो ।

त्यसैगरी विहीबारकै तेस्रो खेलबाट M.Y.C.ले नुवाकोट दुप्चेको बी टिमलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

Sahid Memorial
Pageutter
Pageutter

त्यस्तै विहीबारको अन्तिम क्वाटरफाइनल खेलमा आयोजक धादिङ फुटवल क्लवले सुनौलो भिजन युवा क्लवलाई पराजित गर्दे सेफिफाइनलमा शिवदल गण संगको भेट पक्का गरेको हो ।

Between Description 4

सेमिफाइनलका खेलहरु शुक्रवार दिउसो १ बजेबाट हुने छ भने फाइनल खेल शनिवार हुने आयोजक धादिङ फुटवल क्लवले जानकारी दिएको छ ।

प्रतियोगीताको बिजेता टिमले १ लाख ७५ हजार रुपैया पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ७५ हजार रुपैया पाउनेछ । सेमिफाइनल पुग्ने दुइ टिमलाई सान्त्वना पुरस्कार स्वरुप २५ २५ हजार प्रदान गरिने छ ।

धादिङवेशीका फुटवल खेलाडी सुमन श्रेष्ठको सम्झना र सम्मानमा धादिङ फुटवल क्लवले प्रतियोगीताको आयोजना गरिएको हो । सुमनको २०७९ सालमा अल्पायुमै अप्रत्याशित निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Below Reaction 2
Below Reaction 3
Below Related
Below Related 2
Below Related 2
Sahid Memorial
DHO Dengue

धादिङ स्पेसल

Below Dhading Special3