धादिङ स्पेशल / नीलकण्ठ / फिचर / नेपाल

गृहपृष्ठ धादिङ स्पेशल / नीलकण्ठ / फिचर / नेपाल
Pageutter

जहाँ विद्यार्थीहरु विद्यालय पोशाकमै मतदान गरिरहेका भेटिए...!

Nikantha Na Pa
जहाँ विद्यार्थीहरु विद्यालय पोशाकमै मतदान गरिरहेका भेटिए...!

धादिङ : देशमा यति बेला कुनै पनि निर्वाचनको माहोल छैन । न त धादिङ जिल्लामा उपनिर्वाचन नै तोकिएको छ । तर हरेक आमनिर्वाचनमा मतदान केन्द्र रहने धादिङ सदरमुकाम धादिङवेशीको नमुना विद्यालय 'नीलकण्ठ बालमन्दिर माद्यमिक विद्यालय'मा भने सोमबार शान्तिपूर्ण तरिकाले मतदान भइरहेको थियो ।

विद्यालय प्राङगणमा जिल्ला निर्वाचन कार्यालयका कर्मचारीहरु तैनाथ थिए । मत हाल्नको लागि विद्यार्थीहरुको लाइन थियो, बुथ प्रतिनिधि पनि थिए, विद्यालयकै शिक्षक शिक्षिकाहरु विद्यार्थीहरुको नामनामेसी (मतदाता नामावली) भिडाइरहेका थिए । विद्यालय पोशाकमै रहेका केही विद्यार्थीहरु भने चुनाव चिन्ह अंकित विल्ला भिरेर आफनै सहपाठीहरुसंग मत मागिरहेका थिए । 

विद्यालय प्राङगणमा पुग्ने जोकोहीलाई पनि त्यहाँको वातावरण र परिवेशले संसदीय निर्वाचन कै झल्को दिलाइरहेको थियो । विद्यालय प्रशासनले कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीहरुको कक्षा इन्चार्ज चयन गर्नका लागि मतदान प्रक्रिया चलाइरहेको परिदृश्य थियो त्यो ।

विद्यालयका प्रधानाध्यापक ध्रुव अधिकारीका अनुसार ‘नेपालको संवैधानिक ब्यवस्था र निर्वाचन प्रक्रिया’ भन्ने पाठको ब्यवहारिक अभ्यासका लागि नमुना निर्वाचन गराइएको हो ।

अहिले कक्षा ११ र १२ पढ्ने भाइवैनीहरु आगामी आम निर्वाचनमा मतदाता बन्ने र उनीहरुलाई मतदान प्रक्रिया कस्तो हुन्छ भन्ने ब्यवहारिक रुपमा बुझाउनको लागि नमुना निर्वाचन कार्यक्रममा सहभागी गराइएको प्रधानाध्यापक अधिकारीले बताए ।

सोही निर्वाचन कार्यक्रमबाटै कक्षा इन्चार्ज, सहइन्चार्ज तहगत इन्चार्ज छनोट गरिएको थियो ।

निर्वाचन के हो, निर्वाचन कसरी गरिन्छ प्रक्रिया के के हुन्छ भन्ने सवै तरिका बुझाउनको लागि मतदाता नामावली प्रकाशित गर्ने देखि उम्मेद्वारका घोषणा पत्र बनाउने, मनोनयन दर्ता गर्ने, मत माग्नको लागि घरदैलो कार्यक्रम गर्ने, मतदान कार्यक्रम र मतगणना सम्मका सवै प्रक्रियामा विद्यार्थीहरुलाई सामेल गराइएको मतदान अधिकृत समेत बनेका शिक्षक राजेन्द्र बसौलाले बताए ।

Sahid Memorial
Pageutter
Pageutter

विद्यार्थीहरुले आफुले चाहेको पदमा उम्मेद्वारी दर्ता गरेपछि उनीहरुलाई निर्वाचन चिन्ह प्रदान गरि मतपत्र समेत विद्यालयले नै छापिदिएको थियो । विद्यार्थीहरुले कलम, कापी, कम्प्युटर, क्यामेरा, मोवाइल, रेडियो जस्ता चिन्ह लिएर निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए ।

Between Description 4

नमुना निर्वाचन कार्यक्रममा विद्यार्थीहरुको उत्साहजनक सहभागिता देखिएको थियो । कक्षा १२ को इन्चार्ज पदको उम्मेद्वार समेत रहेका विद्यार्थी अनिल श्रेष्ठले भने, 'प्रयोगात्मक तरिकाले निर्वाचनको प्रक्रिया बुझ्न पाइयो, यसले हामीलाई आगामी आम निर्वाचनहरुमा मतदान गर्ने र निर्वाचनमा सहभागी हुने प्रक्रिया सजिलोसंग बुझ्न सिकायो ।' नेतृत्व विकास देखि साथीभाईहरुसंग घुलमिल हुने बातावरण समेत निर्वाचन प्रक्रियामा होमिदा बुझेको अनिलले बताए ।

उक्त नमुना निर्वाचन कार्यक्रम गर्नको लागि जिल्ला निर्वाचन कार्यालय धादिङले प्राविधिक सहयोग गरेको थियो ।

कुल १२ सय १२ विद्यार्थी रहेको कक्षा ११ र १२ मा ५ सय ९० जना विद्यार्थीहरुले मतदान गरेका थिए । जसबाट कक्षा ११ र १२ को संयुक्त (प्लस टु) इन्चार्जमा किताव चुनाव चिन्ह लिएर उम्मेद्वार बनेका सुन्दर तामाङ २ सय ४६ मत ल्याएर निर्वाचित भए । सहइन्चार्जमा प्रदीप तामाङ भने निर्विरोध चयन भएका थिए ।

त्यस्तै कक्षा ११ मा ३ सय ८ मत खस्दा इन्चार्जमा अस्मिता तामाङले १ सय ८६ मत ल्याएर विजयी भइन् हूँदा सह इन्चार्जमा भने रविना श्रेष्ठ निर्विरोध निर्वाचित भएकी थिइन ।

कक्षा १२ को इन्चार्ज बन्नको लागि भने ४ जना उम्मेद्वारले प्रतिस्पर्धा गरेका थिए । कुल २ सय ८३ मत खसेको कक्षा १२ मा रेडियो चुनाव चिन्ह लिएका निखिल सुनारले ७३ मत ल्याएर विजयी भए । कक्षा १२ कै सहइन्चार्जमा भने मोवाइल चुनाव चिन्ह लिएकी निरुता गुरुङले १ सय मत ल्याएर विजयी भइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
25 %
Laugh
50 %
Sad
0 %
Angry
25 %
Below Reaction
Below Reaction 2
Below Reaction 3
Below Related
Below Related 2
Below Related 2
Sahid Memorial
DHO Dengue

धादिङ स्पेसल

Below Dhading Special3