धादिङ स्पेशल / गल्छी / खेलकुद

गृहपृष्ठ धादिङ स्पेशल / गल्छी / खेलकुद
Pageutter

दोस्रो धादिङ जिल्ला स्तरीय बुद्धिचाल प्रतियोगिताको उपाधि गल्छीका सबिन खतिवडालाइ

Nikantha Na Pa
दोस्रो धादिङ जिल्ला स्तरीय बुद्धिचाल प्रतियोगिताको उपाधि गल्छीका सबिन खतिवडालाइ

गल्छी (धादिङ) : नमुना बागेश्वरी बहुमुखी क्याम्पसले आयोजना गरेको दोस्रो जिल्ला स्तरीय बुद्धिचाल प्रतियोगिताको उपाधि गल्छीका सबिन खतिवडाले उचालेका छन्।

अनरेटेड खतिवडा, भेट्रान खेलाडी खिम प्रसाद अमगाई, उच्च रेटेड खेलाडी रामेश्वर मल्ल र तारामान श्रेष्ठ लगायतका खेलाडी माथि जित हासिल गर्दै सत प्रतिशत नतिजाका साथ खतिवडा धादिङ च्याम्पियन बन्न‌ सफल भ‌एका हुन्।

जिल्ला भरीका ३६ जना खेलाडी सहभागी प्रतियोगितामा रामेश्वर मल्ल दोस्रो र तारामान श्रेष्ठ तेस्रो भ‌एका छन्।

Sahid Memorial
Pageutter
Pageutter

पासाङ तामाङ चौथो हुदै गर्दा निवर्तमान धादिङ च्याम्पियन मनिष कोइराला भने पाचौं भ‌एका छन्।

Between Description 4

गल्छी गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडाको प्रमुख आतिथ्यतामा संचालन भ‌एको यस खेलमा नमुना बागेश्वरी बहुमुखी क्याम्पसका उत्कृष्ट खेलाडीको उपाधि अपिल रिमालले जितेका छन् भने भेट्रान र अन्डर १६ को उपाधि भने क्रमशः खिम प्रसाद अमगाई र एलेक्स गर्तौलाले हाता पारेका छन् ।

त्सस्तै शुभाना श्रेष्ठ महिला च्याम्पियन बन्न सफल भ‌एकी छिन्। क्याम्पसका अध्यक्ष रेशमराज खतिवडाका अनुसार यस क्याम्पसले शिक्षा र खेललाई सगैं लान सके सफलता हासिल गर्न सहज हुने हुनाले खेलमा पनि बौद्धिक खेललाई निरन्तरता दिईएको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
50 %
WOW
0 %
 Like
50 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Below Reaction 2
Below Reaction 3
Below Related
Below Related 2
Below Related 2
Sahid Memorial
DHO Dengue

धादिङ स्पेसल

Below Dhading Special3