धादिङ स्पेशल / गजुरी / खेलकुद

गृहपृष्ठ धादिङ स्पेशल / गजुरी / खेलकुद
Pageutter

मैत्रीपुर्ण फुटबलमा संचारकर्मीलाई पछि पार्दै शिव दल गणको टोली विजयी

Nikantha Na Pa
मैत्रीपुर्ण फुटबलमा संचारकर्मीलाई पछि पार्दै शिव दल गणको टोली विजयी

धादिङ : धादिङमा नेपाली सेना र सञ्चारकर्मीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ।

नेपाल पत्रकार महासंघ धादिङ र शिवदल गण गजुरीको टीमबीच भएको मैत्रीपूर्ण खेलमा शिव दल गणको टोली २–१ गोलले विजयी भएको छ । 'महाशिवरात्री तथा नेपाली सेना दिवस २०८१' को अवसरमा प्रतियोगिता आयोजना गरिएको हो।

मैत्रीपुर्ण खेलमा पहिलो गोल गरेर अग्रता लिएको शिव दल गणको टोलीलाई संचारकर्मीको टोलीले दोस्रो हाफमा एक गोल गर्दै बराबरीमा पुर्‍याएपनि लेखको अन्तिम समयमा शिव दल गणको टोलीले अर्को गोल थपेको थियो । शिव दल गणको दोस्रो गोल नै खेलको निर्णायक बन्न सफल रह्यो ।

Sahid Memorial
Pageutter
Pageutter

मैत्रीपूर्ण फुटबलमा नेपाली सेनाको शिवदल गणका गणपति प्रमुख सेनानी अरुण कार्की, मेजर हेमराज सिवाकोटी, नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारी, सचिव सन्तोषराज श्रेष्ठ, लगायत सहभागी थिए ।

Between Description 4

सैनिक र सञ्चार जगतबीचको सम्बन्ध थप प्रगाढ तुल्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको गणका प्रमुख सेनानी अरुण कार्कीले बताए ।

मैत्रीपूर्ण फुटबलपछि प्रमुख सेनानी कार्कीले सद्भाव र सहकार्य निरन्तर गर्ने प्रतिवद्धता व्यक्त गरे । सहकार्य, समन्वय र नेपाली सेनाप्रति सकारात्मक भाव जगाएको नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Below Reaction 2
Below Reaction 3
Below Related
Below Related 2
Below Related 2
Sahid Memorial
DHO Dengue

धादिङ स्पेसल

Below Dhading Special3