धादिङ स्पेशल / बेनिघाट / नेपाल

गृहपृष्ठ धादिङ स्पेशल / बेनिघाट / नेपाल
Pageutter

बेनीघाट रोराङ गाउँपालिकामा शैक्षिक सुधारका लागि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

Nikantha Na Pa
बेनीघाट रोराङ गाउँपालिकामा शैक्षिक सुधारका लागि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

धादिङ : धादिङको बेनीघाट रोराङ गाउँपालिकाले शैक्षिक सुधारका लागि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु गरेको छ ।

बेनीघाट रोराङ गाउँपालिका भित्रका सामुदायिक विद्यालयको सवलीकरण मार्फत गुणस्तरीय शिक्षामा सबैको समतामुलक पहुँच स्थापित गराउने उद्देश्यले गाउँपालिकाले नै श्रीमद्भागवत सप्ताह सुरु गरेको हो ।

आमा बाबु नभएका र विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको लालन पालन, पोषण र शिक्षादीक्षा सुनिश्चित गर्न यो महायज्ञले सहयोग पुग्ने गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलियाले बताए ।

गाउँपालिकामा आवश्यकता अनुसार आवासीय विद्यालयको विस्तार गरी संचालन तथा व्यवस्थापनमा महायज्ञको आम्दानी लगानी हुनेछ ।

‘विपन्न, दलित, सीमान्तकृत चेपाङ समुदायको आर्थिक सामाजिक रुपान्तरण गर्न, गरिबी र बञ्चितिकरणको पुस्तान्तरण चक्रलाई तोड्ने हाम्रो लक्ष हो’, अध्यक्ष थपलियाले भने –‘महायज्ञबाट संकलन भएको आर्थिक श्रोतबाट बालबालिकाको भोक मेटाउने गरी पेटभरी खाएर पढ्न पाउने हक सुनिश्चित हुनेछ र पेटकै लागि विद्यालय छोड्नुपर्ने बाध्यता हट्नेछ ।’

‘शिक्षाको लागि भिक्षा’ अभियान चलाएर आजबाट सुरु गरिएको महायज्ञ माघ २३ गतेसम्म संचालन हुनेछ । चरौंदी खेल मैदानमा सुरु गरिएको महायज्ञमा भागवत मञ्जरी राधिका दासीले भागवतको कथा वाचन गर्नेछिन् ।

बेनीघाट रोराङ गाउँपालिकाको शैक्षिक उत्थानमा योगदान गर्ने र अध्यात्मिक स्वास्थ्य प्रवर्धन मार्फत् समाजमा बिग्रदै गएको मानसिक स्वास्थ्यको रक्षा गर्ने पनि महायज्ञको उद्देश्य रहेको गाउँपालिकाका उपाध्यक्ष टाप बहादुर श्रेष्ठले बताए ।

‘हामी शैक्षिक सुधारको सवालमा एकजुट भएर काम गर्दै आएका छौं । त्यसैले शिक्षाको लागि भिक्षा मागिएको यस अभियानमा हुनेले नहुनेका लागि, सक्नेले नसक्नेका लागि खुला उदार मनले सहयोग गर्न आग्रह गर्दछौं, उपाध्यक्ष श्रेष्ठले भने –‘यो अभियानमा धेरै भन्दा धेरै जनालाई जोड्न चाहान्छौं । थोरै थोरै सहयोगले बेनीघाट रोराङको शिक्षाको व्यवस्थापन पाटोमा नयाँ फड्को मार्नेमा विश्वस्त पनि छौं ।’

Sahid Memorial
Pageutter
Pageutter

महायज्ञमा बेनीघाट रोराङका एक सय ४७ जना कर्मचारी एक महिनाको तलब दान दिने भएका छन् । यसो गर्दा कर्मचारीहरुबाट मात्रै ४७ लाख रुपैंया भागवतमा संकलन हुनेछ । महायज्ञमा धेरै भन्दा धेरैलाई जोड्नका लागि गाउँपालिकाले सामाजिक संजालमार्फत व्यापक प्रचार गरिरहेको छ ।

Between Description 4

गाउँपालिकाले वडा नम्बर ८, विदाङमा रहेको कालिका माद्यामिक विद्यालयलाई आवासीय विद्यालय संचालन गरिरहेको छ । विद्यालयमा हाल दुई सय चेपाङ बालबालिकाले खान बस्न सहित पठन पाठन गरिरहेका छन् । दुई सय विद्यार्थीलाई खान बस्न सहित सबै गरि वार्षिक ६० लाख खर्च हुने गरेको वेनिघाट रोराङ गाउँपालिकाका अधिकृत परशुराम घिमिरेले जानकारी दिए ।

महायज्ञबाट संकलन भएको रकम शिक्षा उत्थान कोषमा जम्मा गरिने र त्यसबाट प्राप्त हुने व्याजबाट आवासीय विद्यालयमा खर्च गरिने उहाँले जानकारी दिए । गाउँपालिकाको १६ औं गाउँसभाले विभिन्न माध्यमबाट संकलन हुने श्रोतको कोष सञ्चालन तथा व्यवस्थापनलाई व्यवस्थित गर्न ‘शैक्षिक उत्थान कोष व्यवस्थापन ऐन–२०८१’ समेत पारित गरि कार्यान्वयनमा ल्याईसकेको छ ।

यहि ऐनको आधारमा कोषको रकम परिचालन गर्ने र शैक्षिक सुधारका कार्यक्रममा नै श्रोत खर्च हुने घिमिरेले बताए । महायज्ञको बिहीवार राष्ट्रियसभाका अध्यक्ष नारायण प्रसाद दाहालले उद्घाटन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Below Reaction 2
Below Reaction 3
Below Related
Below Related 2
Below Related 2
Sahid Memorial
DHO Dengue

धादिङ स्पेसल

Below Dhading Special3