धादिङ स्पेशल / नीलकण्ठ / राजनिति / नेपाल

गृहपृष्ठ धादिङ स्पेशल / नीलकण्ठ / राजनिति / नेपाल
Pageutter

काठमाडौबाट धादिङ आउँदा हेली चढ्नु उपप्रधानमन्त्री सिंहको रहर कि बाध्यता ?

Nikantha Na Pa
काठमाडौबाट धादिङ आउँदा हेली चढ्नु उपप्रधानमन्त्री सिंहको रहर कि बाध्यता ?

धादिङ : देशको संघीय राजधानी काठमाडौंसँग सिमा जोडिएको धादिङबेसी आउन उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले बिहिबार हेलिकप्टर प्रयोग गरेका छन् ।

‘धादिङ लोक सांस्कृतिक महोत्सव २०८१’ को उद्घाटन कार्यक्रममा प्रमुख अतिथि हुन उनी धादिङबेसी आएका हुन् ।

काठमाडौबाट धादिङबेसी नीजि सवारीले ३ घण्टामा सजिलै आउजाउ गर्न सक्छ । काठमाडौंको कलंकी हुँदै त्रिभुवन राजपथ, पृथ्वी राजमार्ग र कालुपाण्डे मार्गसहित ८८ किलोमिटरको दुरी सार्वजनिक सवारीमा पनि साढे ३ घण्टामा पार गर्न सकिन्छ ।

तर, मन्त्री सिंहले यति सजिलो र छोटो सडक मार्गको प्रयोग नगरी बिहिबार धादिङ–काठमाडौं आउजाउ गर्न हेलिकप्टर प्रयोग गरेपछि यो उनको बाध्यता थियो की रहर भन्नेमा सबैको ध्यान केन्द्रित बनेको छ ।

Sahid Memorial
Pageutter
Pageutter

काठमाडौंसँगै सीमा जोडिएको भए पनि धादिङ पुगेर फर्किँदा हेलिकप्टरलाई कम्तीमा पनि ३ लाख बुझाउनुपर्ने हुन्छ ।

Between Description 4

‘मेचीदेखि महाकालीसम्मका हजारौँ सर्वसाधारण यही बाटो हुँदै संघीय राजधानी ओहोरदोहोर गरिरहन्छन् । तर मन्त्रीलाई भने काठमाडौंबाट ८८ किलोमिटर दुरीको धादिङबेंसी आइपुग्न हेलिकप्टर नै चार्टर्ड गर्न पर्नुको कारण के रहेछ ?’ आम प्रत्यक्षदर्शीले प्रश्न तेस्र्याएका छन् ।

अन्य कार्यक्रमहरुमा पनि खासै खुलेर लामो समय भारण नगर्ने र नयाँ कुरा नबोल्ने स्वभावका उनले महोत्सव उद्घाटनपछिको सम्बोधनमा पनि खासै नौलो कुरा गरेनन् ।

केही सहयोगी सहित हेलिकप्टर चढेर धादिङबेसीको महोत्सव उद्घाटनमा आइपुगेका मन्त्री सिंह महोत्सव उद्घाटन लगत्तै हेलिकप्टरबाटै काठमाडौं फर्किएका छन् ।

महोत्सव उद्घाटनका लागि हेलिकप्टर चार्टर गरेर आएका उपप्रधानमन्त्रीको हेलिकप्टर भाडा आयोजक सस्थाहरु वा अरु कसैले बेहोर्छ भन्ने कुराको भने कुनैपनि जानकारी सार्वजनिक भएको छैन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
20 %
WOW
0 %
 Like
80 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Below Reaction 2
Below Reaction 3
Below Related
Below Related 2
Below Related 2
Sahid Memorial
DHO Dengue

धादिङ स्पेसल

Below Dhading Special3