अन्तर्राष्ट्रिय / खेलकुद

गृहपृष्ठ अन्तर्राष्ट्रिय / खेलकुद

साफ महिला फुटबल : भारतलाई हराउँदै,नेपाल फाइनलमा

Mahotsap
साफ महिला फुटबल : भारतलाई हराउँदै,नेपाल फाइनलमा

काठमाडौं : नेपाल महिला साफ फुटबलको फाईनल प्रवेश गरेको छ । आईतबार भारतलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै नेपाल फाईनल पुगेको हो ।

नेपालले पेनाल्टी सुटआउटमा भारतलाई ४-२ ले पराजित गर्यो । खेलको ७१ औं मिनेटमा संगिता बासफोरले गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिईन् ।

लगत्तै भारतीय खेलाडी सेलिब्रेसनमै रहदाँ रेफ्रीको अनुमतीमा नेपालले बल सञ्चालन गरेर गोल गरेको थियो । सावित्राको बलमा प्रिति राईले गोल गरेकी थिईन् । तर रेफ्रीले सो गोललाई मान्यता दिईनन् । 

त्यसपछि नेपाली खेलाडीले मैदान छाडेका थिए । लामो समय खेल रोकिएपछि अन्तिममा नेपाली खेलाडी खेल्न तयार भएपछि दोस्रो हाफ सुचारु भएको थियो । जसमा नेपालले दोस्रो हाफमा पुरा आत्मविश्वासका साथ खेलेको थियो । जसमा सावित्रा भण्डारीले बराबरी गोल गरेकी थिईन् । 

Between Description 4

नेपालका लागि वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेकी गोलकिपर अन्जना राना मगरले उत्कृष्ट प्रर्दशन गरेपछि नेपालको जित सहज बनेको हो । रेफ्रीको गलत निर्णयका कारण खेलको दोस्रो हाफ पूर्णत तनावग्रस्त बन्यो । करिब एक घण्टा रोकिएको खेलमा अन्तत नेपालले जित हासिल गरेको हो ।

नेपालको जितमा सावित्रा भण्डारीले नायकत्व प्रर्दशन गरिन् । उनले नेपालका लागि बराबरी गोल गर्नुका साथै १० खेलाडीमा सिमित टिमको तर्फबाट विपक्षीलाई पुरा दबाबमा राखिन् । अर्की फरवार्ड रेखा पौडेल दोहोरो पहेलो कार्ड खादै मैदान बाहिरिएपछि नेपाल १० खेलाडीमा सिमित बनेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Dhading Hospital

धादिङ स्पेसल