धादिङ स्पेशल / फिचर / नेपाल

गृहपृष्ठ धादिङ स्पेशल / फिचर / नेपाल

धादिङका ७६ प्रतिशत नागरिक स्वास्थ्य बीमाको पहुँच बाहिर

स्वास्थ्य विमाको महत्व नागरिकलाई बुझाइएन

Mahotsap
धादिङका ७६ प्रतिशत नागरिक स्वास्थ्य बीमाको पहुँच बाहिर

धादिङ : नेपाल सरकारले स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँच बढाउन ल्याएको स्वास्थ्य विमा कार्यक्रम धादिङ जिल्लामा खासै प्रभावकारी हुन सकेको छैन । गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने नागरिकको अधिकारको संरक्षण गर्न, स्वास्थ्य बीमाद्वारा पूर्व भुक्तानीको माध्यमबाट बीमितको आर्थिक जोखिम न्यूनीकरण गर्न तथा स्वास्थ्य सेवा प्रदायकको दक्षता र जवाफदेहीता अभिवृद्धि गरी स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच सुनिश्चित गर्ने  स्वास्थ्य विमा ऐन २०७४ ले परिकल्पना गरेको छ । 

यस जिल्लामा २०७६ साल माघ ७ गतेबाट शुभारम्भ भएको स्वास्थ्य विमा कार्यक्रममा २०८१ भदौ महिनासम्ममा ७७ हजार एक सय छ जना मानिसले स्वास्थ्य विमा गराएका छन् । जिल्लामा तीन लाख २५ हजार ७१० जनसंख्या रहेको छ । हालसम्म २३ दशमलव ६७ प्रतिशत मानिसले मात्र स्वास्थ्य विमा गरेका छन् । त्यसको अर्थ अझैसम्म ७६ प्रतिशत नागरिक स्वास्थ्य बीमाको पहुँचबाहिर रहेका छन् !

प्रत्येक वडामा स्वास्थ्य विमा कम्तिमा एक जना दर्ता सहयोगी हुने व्यवस्था रहेको छ । त्यसका लागि वडा अध्यक्षको संयोजकत्वमा वडा सचिव सदस्य र सम्वन्धित वडाको स्वास्थ्य संस्थाको प्रमुख सदस्य सचिव रहेको समितिले दर्ता सहयोगी सिफारिस गर्ने व्यवस्था रहेको छ । तर जनप्रतिनिधि, स्वास्थ्य संस्थाका कर्मचारी, महिला स्वयं सेविका, राजनीति दलका स्थानीय अगुवा, समाजसेवीहरुले नै स्वास्थ्य विमा कार्यक्रमको महत्व बुझ्न नसकेको धादिङमा स्वास्थ्य विकामा कार्यक्रममा आवद्ध भएका मानिसको संख्याबाट पुष्टि हुन्छ । 

स्वास्थ्य विमा निवमावलीमा भएको व्यवस्था अनुसार पाँच जनासम्मको परिवारलाई एक ईकाइ मानेर तीन हजार पाँच सय रुपयाँमा एक लाख रुपयाँ बरावरको स्वास्थ्य विमा हुने व्यवस्था छ । पाँच जना भन्दा माथी सदस्य भएका परिवारको हकमा प्रतिव्यक्ति सात सय रुपयाँ थपेर स्वास्थ्य विमा कार्यक्रममा सहभागी हुन पाउने र बढीमा दुई लाखसम्मको स्वास्थ्य विमा दावी गर्न वा लिन पाउने व्यवस्था रहेको छ । 

स्वास्थ्य विमा बोर्ड धादिङको गत भदौ महिनासम्मको तथ्यांक अनुसार धुनीवेसी नगरपालिकामा नगद तिरेर पाँच हजार ५ सय १३ महिलासहित १० हजार नौ सय, महिला स्वयंसेविका परिवारको ४० महिला सहित ६९ जनाले विमा गरेका छन् । जेष्ठ नागरिक ७०८ महिलासहित एक हजार ३७५ जना, अति अशक्त अपांगता भएका ७१ महिलासहित १४५ जना गरी १२ हजार ४८९ जनाले स्वास्थ्य विमा गरेकाछन् । 

यसैगरी थाक्रे गाँउपालिकामा नगद तिरेर एक हजार ७५४ महिलासहित तीन हजार ५२९ जना, महिला स्वयंसेविका परिवारको ५१ महिला सहित ८८ जनाले विमा गरेका छन् । जेष्ठ नागरिक ६६८ महिलासहित एक हजार ३१९ जना, अति अशक्त अपांगता भएका ७२ महिलासहित १३२ जना र तोकिएको रोग एक महिलासहित तीन जना गरी पाँच हजार ७१ जनाले स्वास्थ्य विमा गरेकाछन् । 

यसैगरी नीलकष्ठ नगरपालिकामा नगद तिरेर सात हजार ३९९ महिलासहित १४ हजार २६४ जना, महिला स्वयंसेविका परिवारको १३८ महिला सहित २५१ जनाले विमा गरेका छन् । जेष्ठ नागरिक एक हजार ९१३ महिलासहित तीन हजार ६८४ जना, अति अशक्त अपांगता भएका १९१ महिलासहित ३८४ जना र तोकिएको रोग ५८ महिलासहित १२७ जना गरी पाँच हजार ७१ जनाले स्वास्थ्य विमा गरेकाछन् । 

खनियावास गाँउपालिकामा नगद तिरेर एक सय एक महिलासहित २०३ जना, महिला स्वयंसेविका परिवारको एक महिला सहित दुई जनाले विमा गरेका छन् । जेष्ठ नागरिक २६९ महिलासहित ५१९ जना, अति अशक्त अपांगता भएका २६ महिलासहित ५५ जना र तोकिएको रोग एक महिलासहित दुई जना गरी ७७१ जनाले स्वास्थ्य विमा गरेकाछन् । 

Between Description 4

यसैगरी गजुरी गाँउपालिकामा नगद तिरेर दुई हजार ६०७ महिलासहित पाँच हजार १४५ जना, महिला स्वयंसेविका परिवारको ४१ महिला सहित ७४ जनाले विमा गरेका छन् । जेष्ठ नागरिक ५०८ महिलासहित एक हजार ३५ जना, अति अशक्त अपांगता भएका १३८ महिलासहित २७३ जना  गरी छ हजार५२७ जनाले स्वास्थ्य विमा गरेकाछन् । 

गल्छी गाँउपालिकामा नगद तिरेर दुई हजार १२५ महिलासहित चार हजार २२४ जना, महिला स्वयंसेविका परिवारको २२ महिला सहित ५३ जनाले विमा गरेका छन् । जेष्ठ नागरिक ५८९ महिलासहित एक हजार २१६ जना, अति अशक्त अपांगता भएका १३७ महिलासहित २५४ जना र तोकिएको रोग सात  महिलासहित १३ जना गरी पाँच हजार ७६० जनाले स्वास्थ्य विमा गरेकाछन् । 

यसैगरी बेनीघाट रोराङ गाँउपालिकामा नगद तिरेर दुई हजार ३६१ महिलासहित चार हजार ६९३ जना, महिला स्वयंसेविका परिवारको १७ महिला सहित ३५ जनाले विमा गरेका छन् । जेष्ठ नागरिक ५०३ महिलासहित एक हजार ६५ जना, अति अशक्त अपांगता भएका १४७ महिलासहित २५८ जना गरी छ हजार ५१ जनाले स्वास्थ्य विमा गरेकाछन् । 

नेत्रावती दवजोङ गाँउपालिकामा नगद तिरेर २६२ महिलासहित ४९२ जना, महिला स्वयंसेविका परिवारको ३३ महिला सहित ६२ जनाले विमा गरेका छन् । जेष्ठ नागरिक ४२० महिलासहित ८२३ जना, अति अशक्त अपांगता भएका २४ महिलासहित ४७ जना र तोकिएको रोग एक पुरुष गरी एक हजार ४२५ जनाले स्वास्थ्य विमा गरेकाछन् ।

यसैगरी यसैगरी रुवीभ्याली गाँउपालिकामा नगद तिरेर १०७ महिलासहित २४२ जना, महिला स्वयंसेविका परिवारको २१ महिला सहित ३९ जनाले विमा गरेका छन् । जेष्ठ नागरिक १७४ महिलासहित ३०८ जना, अति अशक्त अपांगता भएका ११ महिलासहित २० जना गरी ६०९ जनाले स्वास्थ्य विमा गरेकाछन् । 

गंगाजमूना गाँउपालिकामा नगद तिरेर एक हजार १५८ महिलासहित दुई हजार १६७ जना, महिला स्वयंसेविका परिवारको २० महिला सहित ३५ जनाले विमा गरेका छन् । जेष्ठ नागरिक ४५८ महिलासहित ८८० जना, अति अशक्त अपांगता भएका १७ महिलासहित ३९ जना गरी तीन हजार १२१ जनाले स्वास्थ्य विमा गरेकाछन् ।

सिद्धलेक गाँउपालिकामा नगद तिरेर एक हजार ८३९ महिलासहित तीन हजार ५१५ जना, महिला स्वयंसेविका परिवारको ५० महिला सहित ११० जनाले विमा गरेका छन् । जेष्ठ नागरिक ७१३ महिलासहित एक हजार ४४० जना, अति अशक्त अपांगता भएका ९७ महिलासहित १९४ जना र तोकिएको रोग दुई महिलासहित पाँच जना गरी पाँच हजार २६४ जनाले स्वास्थ्य विमा गरेकाछन् । 

त्रिपुरासुन्दरी गाँउपालिकामा नगद तिरेर एक हजार ६४८ महिलासहित तीन हजार १८८ जना, महिला स्वयंसेविका परिवारको ६३ महिला सहित १२३ जनाले विमा गरेका छन् । जेष्ठ नागरिक ७४६ महिलासहित एक हजार ५११  जना, अति अशक्त अपांगता भएका १९३ महिलासहित ४१५ जना र तोकिएको रोग आठ महिलासहित १६ जना गरी पाँच हजार २५३ जनाले स्वास्थ्य विमा गरेकाछन् । 

ज्वालामुखी गाँउपालिकामा नगद तिरेर एक हजार ८८८ महिलासहित तीन हजार ७२९ जना, महिला स्वयंसेविका परिवारको ९६ महिला सहित १९८ जनाले विमा गरेका छन् । जेष्ठ नागरिक एक हजार १० महिलासहित एक हजार ९७५ जना, अति अशक्त अपांगता भएका ६७ महिलासहित १२९ जना र तोकिएको रोग छ महिलासहित नौ जना गरी छ हजार ४० जनाले स्वास्थ्य विमा गरेकाछन् ।

प्रत्येक वडामा रहेका स्वास्थ्य विमा सहयोगीले घरघरमा गएर स्वास्थ्य विमा गराउने गर्छन् । स्वास्थ्य विमा गराए वापत दर्ता सहयोगीले विल अनुसार १० प्रतिशत रकम पाँउछन् । धादिङ जनसंख्या २०७८ अनुसार तीन लाख २५ हजार ७१० रहेको छ । गत भदो मसान्त सम्म ७७ हजार १०६ जनाको मात्र स्वास्थ्य विमा भएको छ ।

स्वास्थ्य विमा गरेको ती महिना पछि मात्र विमितले स्वास्थ्य विमा गरे वापतको भुक्तानी दावी गर्न पाउने व्यवस्था रहेको छ । हरेक वर्ष विमा नविकरण गर्नु पर्छ । निशुल्क विमा सुविधा पाउने ७० वर्ष उमेर पुरा गरेको जेष्ठ नागरिक, अति अशक्त अपांगता र तोकिएको रोग लागेका परिवारको प्रणाली मार्फत नै नविकरण हुन्छ । 

धादिङ जिल्लाको हकमा धुनीवेसी र थाक्रेले शुक्रराज अस्पताल टेकुलाई प्रथम स्वास्थ्य विन्दु तोकेको छ । गजुरी प्राथमिक स्वास्थ्य केन्द्र, धादिङ अस्पताल, सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रथम स्वास्थ्य विन्दु तोकेको छ । यसैगरी गंगाजमुना ग्रामीण अस्पतालले स्वास्थ्य विमा बोर्डबाट सम्वन्धन लिएकाले प्रथम स्वास्थ्य विन्दुको मान्यता प्राप्त गरेको जिल्ला संयोजक अर्यालले बताए ।

कारोवार दैनिकबाट साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Dhading Hospital

धादिङ स्पेसल