धादिङ स्पेशल / नीलकण्ठ / आर्थिक / कृषि/सहकारी

गृहपृष्ठ धादिङ स्पेशल / नीलकण्ठ / आर्थिक / कृषि/सहकारी

श्रोत सहकारीको २७ औं वार्षिक साधारणसभा एकाइगत रुपमा सम्पन्न

श्रोत सहकारीको २७ औं वार्षिक साधारणसभा एकाइगत रुपमा सम्पन्न

धादिङ: धादिङ जिल्लाकै सुशासित र गुणस्तरीय सहकारी संस्था श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था लिमिटेड (साकोस) को २७ औं वार्षिक साधारण सभा एकाइगत रुपमा सम्पन्न भएको छ ।

असोज १६ गतेदेखि सुरु भएको एकाइगत साधारणसभा असोज २१ गते एकाइ प्रतिनिधिहरुको भेलाले अन्तिम निर्णय पुस्तिका प्रमाणित गरी सम्पन्न गरेको हो ।

साधारण सभाले सञ्चालक समितिको तर्फबाट महासचिव नवराज पाठकले पेश गर्नुभएको निति तथा कार्यक्रम, कोषाध्यक्ष नविन कुमार श्रेष्ठले पेश गर्नुभएको आर्थिक वर्ष २०८०/०८१ को आर्थिक प्रतिवेदन तथा आव २०८१÷०८२ को अनुमानित बजेट लगायत विभिन्न उपसमितिका प्रतिवेदनहरु पारित गरेको थियो ।

श्रोत साकोसले यस पटकदेखि नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड (NFRS) प्रणालीबाट बाह्य लेखापरीक्षण गराई आर्थिक प्रतिवेदन तयार गरेको हो । प्रतिवेदन अनुसार साकोसले गत आर्थिक वर्षभरीमा १ करोड २६ लाख भन्दा बढी नाफा कमाउन सफल भएको देखिएको छ ।

उक्त नाफाबाट शेयर सदस्यहरुलाइ ७ प्रतिशत लाभांश दिने निर्णय पारित गरिएको महासचिव नवराज पाठकले बताउनुभयो । त्यस्तै संरक्षित पुँजी फिर्ता कोषमार्फत बचत तर्फ २.७८ प्रतिशत र ऋण तर्फबाट २.९५ प्रतिशत रकम सदस्यहरुलाइ फिर्ता गर्ने निर्णय पारित भएको महासचिव पाठकले जानकारी दिनुभयो ।

प्रतिवेदन अनुसार साकोसले अघिल्लो आर्थिक वर्षको तुलनामा २३ं.३ प्रतिशत रकम बचत संकलनमा बृद्धि गर्न सफल भएको छ । एक सदस्यको ब्यवसायलाई अधिकतम ५० लाख रुपैयासम्म लगानी गर्ने गरेको साकोसले अघिल्लो आर्थिक वर्षको तुलनामा ऋण लगानीमा १४.९ प्रतिशत बृद्धि गर्न सफल भएको प्रतिवेदनमा उल्लेख छ ।

श्रोत साकोसमा ७ हजार ५ सय ९७ जना सक्रिय सदस्य रहेका छन् । त्यस्तै बालबचत तर्फ १ हजार ९ सय ३८ जना रहेका छन् । 
कुल ६ करोड ८७ लाख १२ हजार ४ सय रुपैया सदस्यको शेयर पुँजी रहेको साकोसमा कुल ६४ करोड ८४ लाख ३९ हजार ५ सय ३० रुपैया बराबरको सम्पती रहेको छ । प्रतिवेदन अनुसार अघिल्लो वर्षको तुलनामा १९.८१ प्रतिशतले सम्पतीमा बृद्धि भएको हो । कुल सम्पतीको ८.२४ प्रतिशत संस्थागत पुँजीकोष रहेको छ ।

सहकारीको ऋण जोखिम कोषमा आवश्यक पर्ने शतप्रतिशत जोखिम रकम रहेको सहकारीले जनाएको छ । कोषमा २ करोड ६६ लाख ४४ हजार २ सय १६ रुपैया रहेको छ ।

सहकारीले गत आर्थिक वर्षमा १ हजार ४ सय ६६ जना शेयर सदस्यहरुलाई सहकारी शिक्षा कार्यक्रम मार्फत वित्तिय रुपमा साक्षर बनाएको बार्षिक साधारणसभामा जानकारी दिइएको थियो ।

त्यस्तै सहकारीका विभिन्न गतिविधिहरुमा सामेल भएको, बचत तथा ऋणको कारोवारहरु नियमित रुपमा गरेका १ सय ८१ जना शेयर सदस्यहरुलाई विभिन्न विधामा साधारणसभाको अवसरमा पुरस्कृत समेत गरिएको थियो । सोही अवसरमा संस्थाको वर्ष कर्मचारीको रुपमा कार्यालय सहयोगी शुसिला थापालाइ नगद पुरस्कार सहित सम्मान गरिएको थियो ।

असोज १६ गते सल्यानटार सदस्य सेवा केन्द्र, १७ गते नीलकण्ठ बालमन्दिर मावि, १८ गते कैलाश सदस्य सेवा केन्द्र र १९ गते न्यु किवो बोर्डिङ स्कुलमा एकाइगत साधारण सभा गरी प्रतिनिधि छनौट मार्फत सोमबार एकाई प्रतिनिधिहरुको अन्तिम भेलाबाट साधारण सभा सम्पन गरिएको हो । साकोसका अध्यक्ष रुद्र बहादुर खत्रीको अध्यक्षतामा भएको अन्तिम भेलामा नेपाल नगरपालिका संघका अध्यक्ष समेत रहेका नीलकण्ठ नगरपालिकाका प्रमुख भीम प्रसाद ढुङगानाको प्रमुख आतिथ्यता रहेको थियो ।

नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङवेशीमा प्रधान कार्यालय रहेको सहकारीको हाल गल्छी गाउँपालिका वडा नं ७ र त्रिपुरासुन्दरी गाउँपालिका वडा नं २ मा सदस्य सेवा केन्द्र सञ्चालनमा रहेको छ ।

बचत तथा ऋणको मुख्य कारोवार गर्दै आएको भएपनि सामाजिक, सामुदायिक विकासको कार्यक्रममा समेत उल्लेखनिय योगदान पु¥याउदै आएको साकोसले साधारणसभाकै अवसरमा १७ गतको एकाइगत भेलामा रक्तादान कार्यक्रम समेत आयोजना गरेको थियो । सो अवसरमा ५५ जना शेयर सदस्यहरुले रक्तदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
DHO Dengue
Dhading Hospital

धादिङ स्पेसल