धादिङ स्पेशल / बेनिघाट / राजमार्ग

गृहपृष्ठ धादिङ स्पेशल / बेनिघाट / राजमार्ग

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा सडक भासियो, सवारी आवागमन एकतर्फी

Mahotsap
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा सडक भासियो, सवारी आवागमन एकतर्फी

धादिङ : पृथ्वीराजमार्ग अन्तरगत नौविसे मुग्लिन सडकखण्डको कृष्णभिरमा सडक भासिदा सवारी आवागमन एकतर्फी बनेको छ ।

विगतमा पहिरोका कारण चर्चित कृष्णभीरमा बुधवार विहान सडक भासिएको हो । सडक भासिएपछि सवारीसाधनहरु आलोपालो गरी एकतर्फी सञ्चालन गरिएको छ । 

गत साताको अविरल वर्षापछि राजमार्गका धेरै ठाउँमा अवरुद्ध बनेका सडकहरु पहिरो पन्छाउदै दुइतर्फी सूचारु गरिएपनि कृष्णभीरमा भने समस्या उत्पन्न भएको हो । 

सडक भासिएपछी थप अध्ययन गर्न जिल्ला प्रशासन कार्यालयको समन्वयमा भुगर्भ विदहरु कृष्णभीर पुगेका छन् । अन्यत्र सवारी सहज सन्चालन भएपनी एकातर्फी सडकको कारण कृष्णभीरमा भने केही समय सवारिसाधन लाइनमा बस्नु पर्ने अवस्था छ ।

Between Description 4

यातायात सन्चालनमा सहजीकरण गर्न सो क्षेत्रमा प्रहरी परिचालन गरिएको ईलाका प्रहरी कार्यालय गजुरीका प्रमुख डिल्ली नारायण पाण्डेले बताउनु भयो । काठमाडौंबाट बाहिरिने सवारीसाधनको चाप अत्याधिक भएकोले सवारी केहि समय रोकिनु पर्ने भएको हो ।

फोटो साभार : कान्तिपुर टिभि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Dhading Hospital

धादिङ स्पेसल