धादिङ स्पेशल / नेपाल

गृहपृष्ठ धादिङ स्पेशल / नेपाल

बढी भाडा लिने र क्षमता भन्दा बढी यात्रु राख्ने सवारी साधनलाई धादिङमा ३० हजार जरिवाना

बढी भाडा लिने र क्षमता भन्दा बढी यात्रु राख्ने सवारी साधनलाई धादिङमा ३० हजार जरिवाना

धादिङ: बढी भाडा लिने, यात्रुहरुलाई टिकट नदिने र क्षमता भन्दा बढी यात्रुहरु चढाउने सवारी साधनलाई कारवाही सुुरु गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेको नेतृत्वमा बुधवार गरिएको अनुगमनमा धादिङ काठमाडौं रुटमा चल्ने एक र काठमाण्डौ चितवन रुटमा चल्ने १ सवारी साधनलाइ १० हजार र २० हजारका दरले जरिवाना गरिएको हो ।

धादिङबाट काठमाण्डौ जान लागेको ग्रामिण यातायात धाङिको बा ५ ख ५७ नम्वरको मिनिवसलाई यात्रुहरुलाई टिकट नदिएको र भाडादर गाडीमा नटासेको कसुरमा उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३९ को उपदफा १ क बमोजिम १० हजार रुपैया जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी एवं बजार अनुगमनका संयोजक युवराज अर्यालले जानकारी दिए ।

त्यस्तै काठमाण्डौ बाट चितवन तर्फ जाँदै गरेको ग १ ख ५५९२ नम्वरको बसलाई तोकिएको भाडादर भन्दा बढी भाडा असुल गरेको र सिट क्षमता भन्दा बढी यात्रु चढाएकाले २० हजार जरिवाना गरिएको हो ।

चाडपर्वको समयमा सवारीसाधनहरुले यात्रुहरुबाट चर्को शुल्क असुल्ने गरेको जनगुनासोलाइ सम्वोधन गर्न छड्के चेकजाँच गरिएको र यो चेकजाँचलाइ निरन्तर रुपमा सञ्चालन गरिने जिल्ला प्रशासन कार्यालय धादिङले जानकारी दिएको छ ।

बढी भाडा लिएमा तत्काल प्रहरी र प्रशासनमा खवर गर्न पनि यात्रुहरुलाई अनुरोध गरेको छ ।

अनुगमनको क्रममा होटल सरसफाइमा ध्यान नदिएको भन्दै बेनिघाट रोराङमा रहेको पिस हेभन रेष्टुरेन्ट एण्ड गेष्ट हाउसलाइ समेत २० हजार रुपैया जरिवाना गरि तत्काल सुधार गर्ने निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
DHO Dengue
Dhading Hospital

धादिङ स्पेसल