धादिङ स्पेशल / बेनिघाट / खेलकुद

गृहपृष्ठ धादिङ स्पेशल / बेनिघाट / खेलकुद
Pageutter

बेनीघाट रोराङमा सम्पन्न अञ्जन स्मृति कपमा हाम्रो मुग्लिङ्ग प्रथम

Nikantha Na Pa
बेनीघाट रोराङमा सम्पन्न अञ्जन स्मृति कपमा हाम्रो मुग्लिङ्ग प्रथम

धादिङ : बेनीघाट रोराङ गाउँपालिका ९ मझिमटारमा सम्पन्न भएको अञ्जन स्मृति कपमा हाम्रो मुग्लिङ्ग प्रथम भएको छ ।

सोमबार भएको फाईनल खेलमा बेनिघाट रोराङको चन्द्रोदय वहुमुखी क्याम्पसलाई पराजित गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताहरुमा उच्च प्रदर्शन गरिसकेका खेलाडी नविन महतो (पुतली) सम्मिलित हाम्रो मुग्लिङ्ग,ईच्छाकामना प्रथम भएको हो।

प्रतियोगितामा जनसेवा युवा क्लव गोरखा तृतीय र बेनीघाट रोराङकै हिमालयन युवा क्लव विधाङ सान्त्वना भएको छ । प्रथम, द्वितिय तृतिय र सान्त्वना हुनेलाई क्रमश नगद ५० हजार, २५ हजार, २० र ५ हजारसहित ट्रफि,मेडल र प्रमाणपत्र प्रदान गरिएको खेल संयोजक सुजन भट्टराईले जानकारी दिनुभयो ।

Sahid Memorial
Pageutter
Pageutter

विजेताहरुलाई पालिका अध्यक्ष कृष्णबहादुर थपलियाले पुरस्कार वितरण गर्नुभएको थियो । प्रतियोगितामा सर्वोकृष्ट खेलाडी हाम्रो मुग्लिङ्गका नविन महतो (पुतली), उत्कृष्ट सेटर मन्जिल गुरुङ, उत्कृष्ट ब्लकरमा निकेश महतो, उत्कृष्ट डिफेण्डर योगेश राई भए भने चन्द्रोदय वहुमुखी क्याम्पसका खेलाडी रुकेश मगर उत्कृष्ट स्पाईकर, उत्कृष्ट सर्भरमा विदुर ईटनी घोषित भए ।

Between Description 4

अन्जन स्मृति प्रतिष्ठानको आयोजनामा भएको अञ्जन स्कृति कप २०८१ खुल्ला पुरुष भलिबल प्रतियोगितामा १२ टिम सहभागी थिए । बेनिघाट रोराङ ९ चौकीटार निवासी ३४ वर्षका युवा ब्यवसायी तथा बेनीघाट रोराङ ९ को माओवादी केन्द्रका सचिव अन्जन सिलबालको मोटर साइकल दुर्घटनामा चुम्लिङमा मृत्यु भएको थियो ।

उनको नामबाट खोलिएको प्रतिष्ठानले गत वर्ष देखि स्मृति कपको आयोजाना गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Below Reaction 2
Below Reaction 3
Below Related
Below Related 2
Below Related 2
Sahid Memorial
DHO Dengue

धादिङ स्पेसल

Below Dhading Special3