धादिङ स्पेशल / सिद्धलेक / खेलकुद / गाउँ-समाज

गृहपृष्ठ धादिङ स्पेशल / सिद्धलेक / खेलकुद / गाउँ-समाज

सिद्धलेक–७ आदमटारमा आजदेखी जिल्ला स्तरीय कबड्डी प्रतियोगिता सुरु हुँदै

सिद्धलेक–७ आदमटारमा आजदेखी जिल्ला स्तरीय कबड्डी प्रतियोगिता सुरु हुँदै

धादिङ : सिद्धलेक गाउँपालिका वडा नम्बर ७ मा आजदेखी धादिङ जिल्ला स्तरीय कबड्डी प्रतियोगिता सुरु हुँदै छ ।

हिन्दु महिलाहरुको महान चाड तीजको अवसरमा अरुणोदय युवा क्लवको आयोजनामा आदमटारमा आजदेखि जिल्ला स्तरीय कबड्डी प्रतियोगिता (अरुणोदय कबड्डी कप–२०८१) सँगै तीज बिशेष सांस्कृतिक कार्यक्रम हुंदैछ ।

प्रतियोगिताको बिजेता टिमले नगद ३० हजार, ट्रफि, मेडल, प्रमाणपत्र र उपबिजेताले टिमले नगद १५ हजार ट्रफि, मेडल, प्रमाणपत्र पाउनेछन् । प्रतियोगितामा जिल्लाका बिभिन्न ९ टिम सहभागी हुने आयोजकले जनाएको छ ।

यस्तै भोलि २१ गते तीजको दिन साँस्कृतिक कार्यक्रममा स्थानीय कलाकारहरुका साथै गायिका अस्मिता रसाईली, हाँस्य व्यंग्य कलाकार सुदिप खतिवडा र गायक अमन एकलको बिषेश प्रस्तुति रहने वताईएको छ ।

२२ गते सम्म संचालन हुने प्रतियोगिता आदमटार स्थित सत्यवती माविको प्राङ्गणमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
DHO Dengue
Dhading Hospital

धादिङ स्पेसल