धादिङ स्पेशल / नीलकण्ठ / राजनिति

गृहपृष्ठ धादिङ स्पेशल / नीलकण्ठ / राजनिति

कृषि क्षेत्रको उत्पादन, उत्पादकत्व वृद्धि, आधुनिकीकरण, व्यवसायीकरण तथा बजारीकरणमा मन्त्री अधिकारीको जोड

कृषि क्षेत्रको उत्पादन, उत्पादकत्व वृद्धि, आधुनिकीकरण, व्यवसायीकरण तथा बजारीकरणमा मन्त्री अधिकारीको जोड

धादिङ : कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले कृषि लगानी दशकमा उत्पादन र उत्पादकत्व वृद्धि गर्न सरकारी, निजी, सहकारी तथा विकास साझेदारको लगानी वृद्धि गरी व्यावसायिक खेतीका लागि युवा जनशक्तिलाई आकर्षित गर्न संघीय सरकारले काम अघि बढाएको बताएका छन् ।

प्रदेशका कृषि मन्त्रीहरूसँग मंगलबार मन्त्रालयमा राखिएको विषयगत समितिको बैठकमा मन्त्री अधिकारीले कृषि क्षेत्रको उत्पादन, उत्पादकत्व वृद्धि, आधुनिकीकरण, व्यवसायीकरण तथा बजारीकरणलाई जोड दिएर कार्यक्रम बनाउन प्रदेशका कृषि मन्त्रीहरूलाई आग्रह गरेका हुन् ।

किसान सूचीकरण र वर्गीकरणको काम भइरहेको जानकारी गराउँदै कृषि मन्त्री अधिकारीले दसैंपछिबाट किसान कार्ड वितरण गर्ने तयारीमा मन्त्रालय रहेको पनि जानकारी गराए ।

कृषि मन्त्रालयले त्यसको मार्गचित्र तयार गरी जानकारी दिँदै आफ्ना लागि आफैँ उत्पादन गर्ने र स्थानीय उत्पादनलाई संघीय, प्रदेश र स्थानीय सरकारले प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । उत्पादक र उपभोक्ताबीच रहेको खाडल हटाउन तीनै तहका सरकारहरूले पहल लिनुपर्नेमा जोड दिए ।

रैथाने उत्पादनहरूलाई मन्त्रालयले प्रोत्साहन गर्ने नीति बनाउने बताउँदै मन्त्री अधिकारी कृषि उपजहरूमा बढ्दो बिसादीको प्रयोगप्रति पनि चिन्ता व्यक्त गरेका छन् ।

कृषि क्षेत्रको उत्पादन, उत्पादकत्व वृद्धि, आधुनिकीकरण, व्यवसायीकरण तथा बजारीकरणको स्पष्ट मार्गचित्र तयार गर्ने, कृषि अनुसन्धान नीति तर्जुमा गर्ने, वडा स्तरमा नमुना फार्म स्थापना गरी सिकाइ केन्द्रको रूपमा विकास गर्ने,उन्नत बिउ, बेर्ना, दाना, नस्ल, बच्छी मात्र जन्मने वीर्य, औषधी, खोप, माछाका भुराजस्ता सामग्री स्वदेशमै उत्पादनमा जोड दिन कृषि मन्त्री अधिकारीले आग्रह गरे ।

वन तथा वातावरण मन्त्रालय सँगको सहकार्यमा सामुदायिक वनहरूमा फलफूलका बिरुवा रोपण गर्ने,कृषियोग्य बाँझो जमिन एकीकरण गरी सामूहिक खेती, करार खेती एवं सहकारी खेतीको प्रवर्द्धन, ठुला सिँचाई कमान्ड क्षेत्र भित्र सङ्घीय कार्यालय सहित कृषि कार्यक्रम सञ्चालन गर्ने सहितका कार्यक्रम र लक्ष्य मन्त्रालयले राखेको कृषि अधिकारीले बताए ।

कृषि विधेयक, सङ्क्रामक पशु रोग विधेयक, पशु कल्याण विधेयक तथा बीउ बिजन नियमावली मन्त्रालयबाट अगाडि बढाएको जनाउँदै अधिकारी आफ्नो प्राथमिकता र कार्यक्रमहरू पनि बाहिर ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
DHO Dengue
Dhading Hospital

धादिङ स्पेसल