Weather : 11.12° Celsius Kathmandu
काठमाडौँ : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा को नीलकण्ठ नगरपालिका वडा नम्बर ९ ज्यामिरेका रमेश आचार्य नियुक्त हुनुभएको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उद्योग मन्त्रालयको प्रस्तावमा आचार्यलाई सीईओमा नियुक्त गरेको हो । उद्योगमन्त्री दामोदर भण्डारीको पहलमा आचार्य सीईओमा नियुक्त हुनुभएको हो ।
नेपाली कांग्रेस निकटका रमेश आचार्यले नियुक्ति पाएको भएपनि सामाजिक सन्जालमा नेकपा एमालेका बाग्मती प्रदेश सचिवलाय सदस्य रमेश आचार्यलाई बधाई दिनेहरुको ओइरो लागेको छ ।
आचार्य नेपाल उद्योग वाणिज्य महासंघका प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए । सीईओ नियुक्तिको प्रतिस्पर्धामा झापाका एमाले नेता चिन्तन पाठकका भाइसहित आधा दर्जन एमाले नेता प्रतिस्पर्धामा रहेका थिए ।