Weather : 11.12° Celsius Kathmandu
धादिङ : खनियावास गाउँपालिका–१ झार्लाङमा फौजी किराको प्रकोपले मकैबाली नष्ट गरेको छ। मकैको घोगा लाग्ने समयमा किराले खाएर नष्ट गरेपछि किसान समस्यामा परेका छन् ।
खनियावासको उङ्गुल, नेक्सा, याङचेत, च्याङ्थली, फेङ्हु लगायतका क्षेत्रमा १ सय ५० रोपनी जग्गामा लगाएको मकैबालीमा फौजी कीरा लागेको हो । कीराको प्रकोप बढ्दै गएको छ ।
औषधि प्रयोग गरे पनि कीरा नियन्त्रणमा नआएको झार्लाङका नासुन तामाङले बताउनुभयो ।गएको वैशाखमा असिना पानीले नगदेबाली भित्र्याउन नपाएका किसान यसपाली मकै राम्रो फल्ने आशमा थिए । तर किराले मकैबाली नष्ट गरेपछी किसानहरु चिन्तित भएका छन् ।
अन्नबालीमा विपद्जन्य घटना र रोगकिराको महामारी निरन्तरको चक्र नै बनेको उहाँको भनाइ छ । आसपासका सबै किसानले एकैसाथ विषादी हाले फौजी कीरा नियन्त्रण गर्न सकिने खनियावास गाउँपालिकाका कृषि शाखा प्रमुख सुस्मिता तिवारीले बताउनुभयो ।
साधारणतया मकै छरेदेखि भॉच्ने बेलासम्म विभिन्न प्रकारका किराहरुले आक्रमण गर्दछन । ति मध्ये विश्वभरि करिब ४ वर्ष अघिदेखि मकै खेतिमा प्रभाव पारेको र नेपालमा अघिल्लो बर्ष यता मकै खेति गर्ने किसानलाई क्षति पु¥याउदै आएको शत्रु अमेरिकन फौजि किरा हो । यसलाई अंग्रेजीमा अमेरिकन फल आर्मी वर्म भनिन्छ । यो किरा अमेरिकाको उष्ण तथा उपोष्ण क्षेत्रमा पाइने रैथाने किरा हो।
सन् २०१६ मा पहिलो पटक अमेरिकाको मकै खेतिमा देखिएको यो किरा सन् २०१८ मा भारत, चिन र वङ्गलादेशमा देखापरि नेपालमा प्रवेश गरेको हो । यो किरा सन् २०१९ को अगस्त १२ गते नेपालको नवलपुरको गैडाकोटमा पहिलो पटक देखिएको थियो । यस किराले मकैमा मात्र नभई अरु अन्न बालि जस्तै धान, ग‘हु, कोदो र जुनेलोमा पनि हानि गर्दछ।
किराको पहिचान कसरी गर्ने ?
– यस किराको अण्डा पातको तल्लो सतहमा मा रहेका हुन्छन् । यिनिहरुलाई सेतो खैरो कत्लाले ढाकेको हुन्छ ।
– यस किराको लार्भा शुरुको अवस्थामा सेतो वा हल्का हरियो रंगको हुन्छ भने टाउको कालो रगंको हुन्छ । हुर्कदै जादा लार्भाको शरिर साधारणतया खैरो रंगको हुन्छ भने टाउको गाढा खैरो हुन्छ । लार्भाको जीवन १४–२१ दीनको हुन्छ ।
– यदि किराको लार्भाको पेटको आठौ‘ भागमा चारवटा ठुला ठुला धब्बा छन् भनेपनि त्यो फौजि किरा हुन सक्छ । पुर्ण विकसित लार्भा ३–४ सेन्टिमिटर लामो हुन्छ ।
– बिशेषगरि यो किरा वेलुका र रातिको समयमा चर्न रुचाउछ ।
लक्षणहरु :
– यस किराले मकैको पातमा लाम्चा आकारका झिल्ली मात्र बॉकि छोडेर मकैको पातलाई कोतरेर खाने गर्दछ ।
– यस किराले मकैको घोगा, पात, जु‘गा र गुभोमा क्षति गर्दछ। मकैको गुभोमा काठको धुलो जस्तो किराको दिसा भेटिएमा गुभो खोलेर हेर्दा फौजि किराको लार्भा देखिन्छ । यस किराको लार्भा धेरै खन्चुवा हुन्छ ।
– मकै लगाएको ८–१० दिनमै यसले क्षति गर्दछ, त्यसैले खेतवारीको नियमित अनुगमन गर्नुपर्दछ ।
कसरी व्यवस्थापन गर्ने ?
– फौजि किराका केहि प्राकृतिक शत्रु जस्तै बारुलोको प्रयोग गरेर पनि किराको प्रकोप कम गर्न सकिन्छ ।
– मकै रोप्नु अघि गहिरो गरेर खनजोत गर्ने अनि खेतभित्र र वाहिर रहेका झारपातलाई नष्ट गर्ने ।
– बर्खे मकै निश्चित ठॉउमा सकेसम्म सबैले एकै चोटि समयमा रोप्ने ।
– कोसेवालिलाई मकै स‘ग अन्तरबालीको रुपमा लगाउदा यस किराको प्रकोप कम गर्न सकिन्छ ।
– यो किरा वेलुका र रातिको समयमा चर्न रुचाउ‘ने भएकोले बत्ती पासो (Light Trap) को प्रयोग गरेर पनि वयस्क किरालाई नियन्त्रण गर्ने सकिन्छ ।
– डेस्मोडियम (Desmodium) घॉसको सुगन्ध यो किरालाई मन नपर्ने र नेपिएर (Napier) घास‘को सुगन्धबाट पोथि किरा आर्कषित हुने हुनाले डेस्मोडियम घास‘लाई मकैबालिको बिच बिचमा लगाउने र नेपिएर घास‘लाई छेउ छेउमा लगाएर किरालाई आकर्षित गर्ने र किरालाई जैविक विषादिको प्रयोग गरि मार्ने ।
– हरियो खुर्सानी गाईको गहुतमा पकाएर १:१० को अनुपातमा पानिमा मिसाई गुभोमा राख्दा पनि यस किराको प्रकोप कम गर्न सकिन्छ ।
– जैविक विषादि जस्तै महाशक्ती, डायपेल आदि २ मिलिलिटर वा २ ग्राम प्रतिलिटर पानिमा राखेर स्प्रे गर्ने ।
– इमामेक्टीन बेन्जोएट ५५ SG ०.५ गा्रम प्रतिलिटर पानिमा राखेर स्प्रे गर्ने ।
– स्पिनोसाड ४५५ SC र क्लोरान्ट्रानिलिप्रोल १८.५ ५ SC १ मिलिलिटर प्रति ३ लिटर पानिमा राखेर बोट पुरै भिज्ने गरि स्प्रे गर्ने ।
– स्पाइनोस्याड ४५५ SC १ मिलिलिटर प्रति ३ लिटर पानिमा राखेर बोटमा स्प्रे गर्ने ।
– सिफारिस नगरिएको रासायनिक विषादिको प्रयोगले गर्दा सहि विषादि पनि प्रभावहीन हुन्छ त्यसैले कृषि प्राविधिकको सल्लाहअनुसार सिफारिस रासायनिक विषादिको प्रयोगले यस किराको जोखिम कम गर्न सकिन्छ ।