धादिङ स्पेशल / खनियावास / आर्थिक / गाउँ-समाज

गृहपृष्ठ धादिङ स्पेशल / खनियावास / आर्थिक / गाउँ-समाज
Pageutter

खनियाबास गाउँपालिकाको बजेट ३६ करोड ५० लाख २६ हजार

Nikantha Na Pa
खनियाबास गाउँपालिकाको बजेट ३६ करोड ५० लाख २६ हजार

धादिङ : खनियाबास गाउँपालिकाले आउँदो आर्थिक वर्ष २०८१/८२ का लागि ३६ करोड ५० लाख रुपैयाँको बजेट ल्याएको छ। सोमबार गाउँपालिका सभा हलमा भएको दोश्रो गाउँ सभाको पाँचौँ अधिवेशनमा पालिका उपाध्यक्ष सेक्केमान तामाङले ३६ करोड ५० लाख २६ हजार ४ सय रुपैयाँको बजेट सार्वजनिक गर्नुभएको हो ।

जसअनुसार बजेट प्राप्त हुने स्रोत अनुसार संघिय सरकारतर्फ समानिकरण अनुदान ९ करोड ६ लाख सर्शत अनुदान ११ करोड ५७ लाख, बिशेष अनुदान १ करोड ५० लाख, राजश्व बाँडफाँड ७ करोड १९ लाखको बजेट प्रस्तुत गरिएको छ।

त्यस्तै प्रदेश सरकारतर्फ समानिकरण अनुदान ८६ लाख ५५ हजार, सर्शत अनुदान १ करोड ६९ लाख ४४ हजार, बिशेष अनुदान ७० लाख, समपुरक २ करोड, राजश्व बाँडफाँड १ करोड १७ लाख २७ हजार र गाउँपालिका तर्फ आन्तरिक आय ३० लाख, दहत्तर बहत्तर शुल्क १५ लाख, घरजग्गा दर्ता शुल्क ५ लाख बैंक मौज्दात २५ लाख रहेको छ ।

चालु आर्थिक बर्ष २०८०/०८१ को बिनियोजित कुल बजेट ४२ करोड २१ लख ९६ हजार २८० मा २७ करोड ३० लाख ६४ हजार अर्थात ६३ दशमलब ७५ प्रतिशत खर्च गरिएको उपाध्यक्ष सेक्केमान तामाङले बताउनुभयो । जसमा चालु तर्फ १७ करोड ४२ लाख ६० हजार र पुँजीगत ९ करोड ८८ लाख ४ हजार खर्च भएको छ।

Sahid Memorial
Pageutter
Pageutter

बजेट प्रस्तुत गर्नुअघि गाउँपालिका अध्यक्ष रण बहादुर तामाङले आर्थिक वर्ष ०८१/८२ का लागि निति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । बजेटमा कृषी, शिक्षा,स्वास्थ्य, पूर्वाधार निर्माण जस्ता कार्यक्रमलाई विशेष प्राथमिकता दिइएको बताइएको छ।

Between Description 4

किसान सुचिकरणको माध्यमद्धारा कृषक परिचयपत्र उपलब्ध गराईने,स्थानिय प्रजातिको पशुपंक्षि संरक्षणमा जोड दिने, पालिका स्तरिय कृषि नर्सरी समुदायस्ततमा हस्तान्तरण गर्ने, आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धनका लागि होमस्टे सञ्चालन तथा व्यवस्थापनका लागि पहल गर्ने, सबै बिद्यालयलाई प्रबिधिमैत्री बनाईने नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष रण बहादुर तामाङले भन्नुभयो ।

नीति तथा कार्यक्रममा गाउँपालिकाभित्रका ऐतिहासिक महत्व बोकेका धार्मिक मठमन्दिरलाई पर्यटकीय स्थलमा विकास गर्न विशेष जोड दिने,खेलकुद क्षेत्रको प्रवर्द्धन र विकास गरिने समेत उल्लेख छ।

गाउँपालिका नि।प्रमुख प्रशासकीय अधिकृत नबराज श्रेष्ठले गाउँपालिकाले अघि सारेको निति कार्यक्रम कार्यान्वयनमा सहयोग गर्न आग्रह गर्नुभएको छ । कार्यक्रममा बागमती प्रदेश सभा सदस्य डम्बर तामाङले खनियाबासको विकासका लागि सबै दल एकजुट हुनुपर्ने बताउनुभयो ।

पहिले फरक दलबाट चुनाव जितेका भएपनि यस क्षेत्रको विकासकालागि दलभन्दा माथि उठेर एकजुट हुनुपर्ने बताउनुभयो। कार्यक्रमका प्रमुख अतिथी समेत रहेका तामाङले विकासका सवालमा कसैलाई पक्षपात नगर्ने भन्दै खनियाबासको सम्वृद्विका लागि एकजुट हुन आग्रह गर्नुभयो ।

कार्यक्रमको अवसरमा पालिकामा कार्यरत चार जना कर्मचारीलाई सम्मान गरिएको थियो । साथै पालिकाको आर्थिक,भौतिक ,पर्यटकिय, सामाजिक, साँस्कृतिक विकास तथा मानवसेवामा योगदान पुर्याएको भन्दै सञ्चारकर्मीहरुलाई समेत सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Below Reaction 2
Below Reaction 3
Below Related
Below Related 2
Below Related 2
Sahid Memorial
DHO Dengue

धादिङ स्पेसल

Below Dhading Special3