Weather : 12.12° Celsius Kathmandu
धादिङ: धादिङवेशीमा उद्योगी ब्यवसायीहरुलाइ लक्षित गरेर करदाता शिक्षा कार्यक्रम गरिएको छ ।
उद्योगी ब्यवसायीहरुमा करदाता शिक्षा कम हुदा ब्यवसाय नविकरण, दर्ता, करचुक्ता लगायतका धेरै समस्याहरु भोग्नुपरिहरको सन्दर्भमा चेम्वर अफ कमर्श धादिङले करदाता शिक्षा कार्यक्रम संचालन गरेको हो ।
कार्यक्रम नीलकण्ठ नगरपालिकासंगको सहकार्य र उद्योग तथा बाणिज्य कार्यालयको सहयोगमा संचालन गरिएको हो ।
कार्यक्रममा चेम्वरअफ कमर्श धादिङका महासचिव गकुल प्रसाद रुवालीले नेपाल सरकारकाको बर्तमान कर निति र छुटको ब्यवस्थाका विषयमा सहभागीहरुलाइ प्रशिक्षण दिनु भएको थियो ।
त्यस्तै उद्योग तथा वाणिज्य कार्यालय धादिङका कार्यलय प्रमुख मेघनाथ गौतमले ब्यवसायिक फर्म दर्ता नविकरण, खारेजी तथा नियमन सम्वन्धी कानुनी ब्यवस्थाका विषयमा प्रशिक्षण दिनुभएको थियो ।
त्यसैगरि नीलकण्ठ नगरपालिकाका लेखा अधिकृत आर्जन श्रेष्ठले नगरपालिकाले ब्यवसाय प्रवद्र्धनका लागि गरिरहेका प्रयासहरु र नगरपालिकाको कर सम्वन्धी प्रावधानहरुका बारेमा सहजीकरण गर्नुभएको थियो ।
त्यस्तै चेम्वर अफ कमर्श धादिङका कानुनी सल्लाहकार एवं बार एसोसिएसन धादिङका अध्यक्ष विश्वराज अधिकारीले कम्पनी दर्ता र अध्यावधिकका कानुनी पाटोहरुको विषयमा सहभागीहरुलाइ जानकारी गराउनुभएको थियो ।
नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशाकिय अधिकृत पुरुषोत्तम सुवेदीले उद्घाटन गर्नुभएको प्रशिक्षण कार्यक्रम समापन गर्दै चेम्वर अर्फ कमर्श धादिङका अध्यक्ष गोविन्द कुमार श्रेष्ठले उद्योगी ब्यवसायीहरुलाइ ब्यवसाय दर्ता तथा नविकरणका लागि परेको विभिन्न समस्याहरु समाधानका लागि चेम्वर अफ कमर्श धादिङले छिट्टै नै चेम्वर क्लिनिक संचालन गर्न लागेको समेत जानकारी दिनुभयो ।
सामान्य जानकारी नपाउदा पनि धेरै सजाय र जरिवाना तिनुपरेको अवस्थालाइ मध्यनजर गर्दै करदाता शिक्षा कार्यक्रम गरिएको र आगामी दिनमा १५ देखि एक महिनासम्मको शशुल्क करशिक्षा कार्यक्रम पनि संचालन गरिने योजना रहेको श्रेष्ठले बताउनुभयो ।