धादिङ स्पेशल / बेनिघाट / आर्थिक / गाउँ-समाज

गृहपृष्ठ धादिङ स्पेशल / बेनिघाट / आर्थिक / गाउँ-समाज

धादिङको बेनिघाट रोराङ गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को बेरुजु शुन्य

धादिङको बेनिघाट रोराङ गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को बेरुजु शुन्य

धादिङ : महालेखा परिक्षकको ६१ औँ वर्षिक प्रतिवेदन अनुसार धादिङको बेनिघाट रोराङ गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा बेरुजु शुन्य कायम गर्न सफल भएको छ ।

बेनिघाट रोराङ गाउंपालिका सहित देशभर जम्मा ५ वटा स्थानिय तहले मात्र शुन्य बेरुजु कायम गर्न सफल भएको गाउँपालिकाका लेखा अधिकृत सन्तोष अर्यालले जानकारी दिनुभयो ।

धादिङको १३ स्थानिय तह मध्ये नेत्रावती डबजोङ गाउँपालिकाको २०८०/०८१ मा बेरुजु ० दशमलव ०४ प्रतिशत रहेको छ । भने नीलकण्ठ नगरपालिकाको ० दशमलव ४९ प्रतिशत बेरुजु देखिएको छ । 

यस्तै बेरुजु फछ्यौटमा गल्छी गाउँपालिकाको १ दशमलव २१,गंगाजमुना गाउँपालिकाकोे १ दशमलव ४५, त्रिपुरासुन्दरी गाउंपालिका २ दशमलव ०२, सिद्धलेक गाउँपालिका २ दमलव ०३, रुविभ्याली गाउंपालिकाको २ दशमलव ६२, गजुरी गाउँपालिकाको २ दशमलव ७१, ज्वालमुखी गाउँपालिकाको ३ दशमलव ०४, थांक्रे गाउँपालिकाको ५ दशमलव ८२ र धुनिवेशी नगरपालिकाको ९ दशमलव १३ प्रतिशत बेरुजु देखिएको महालेखा परिक्षको प्रतिवेदनले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
DHO Dengue
Dhading Hospital

धादिङ स्पेसल