धादिङ स्पेशल / गंगाजमुना / संस्कृति/पर्यटन / गाउँ-समाज

गृहपृष्ठ धादिङ स्पेशल / गंगाजमुना / संस्कृति/पर्यटन / गाउँ-समाज
Pageutter

पर्यटक प्रवर्द्धनका लागि उत्तरी धादिङमा ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’ शुभारम्भ

Nikantha Na Pa
पर्यटक प्रवर्द्धनका लागि उत्तरी धादिङमा ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’ शुभारम्भ

धादिङ : उत्तरी धादिङको गंगाजमुना गाउँपालिकामा पर्यटक प्रवर्द्धनका लागि ‘गंगाजमुना तीनसुरे पदमार्ग’ को शुभारम्भ गरिएको छ ।

आईतबार गंगाजमुना गाउँपालिकाका अध्यक्ष भक्तबहादुर लामाले गोरखा जिल्लाको आरुघाट गाउँपालिका–४ आर्खेत बजारदेखि बुढाथुम–बाथलडाँडा–लामोपुल–बसेरी–भैँसे–तीनसुरे–पोखराडाँडा–री–गुम्दी हुँदै फूलखर्क जोड्ने उक्त पदमार्गको शुभारम्भ गर्नुभएको हो ।

आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धनका लागि गंगाजमुना गाउँपालिका र ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)ले धार्मिक, सांस्कृतिक एवम् प्राकृतिक महत्व भएको गङ्गाजमुनामा पदमार्गलाई अगाडि बढाइएको अध्यक्ष लामाले बताउनुभयो ।

Sahid Memorial
Pageutter
Pageutter

नयाँ पदमार्ग अगाडि बढाएसँगै गंगाजमुनाको पर्यटकीय विकासमा निकै सहयोग पुग्ने गाउँपालिकाका पर्यटन विकास संयोजक एवम् वडा नं ६ का वडाअध्यक्ष रमेश ढकालले जानकारी दिनुभयो ।

Between Description 4

पूर्वपर्यटन व्यवसायीसमेत रहनुभएका वडाअध्यक्ष ढकालले स्थानीय उत्पादन र यहाँको संस्कृतिलाई पर्यटनसँग जोड्दै समृद्ध गङ्गाजमुना निर्माणका लागि उक्त पदमार्गले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

सात दिनको उक्त पदमार्ग समुन्द्र सतहदेखि पाँच सय ५० मिटर उचाइमा रहेको गोरखाको आर्खेत बजारदेखि तीन हजारभन्दा बढी उचाइसम्म रहेको तीनसुरे ‘भ्यू प्वाइन्ट’ सम्म पुग्न सकिन्छ ।

टानले उक्त पदमार्गको ‘ट्रेल प्रोफाइल’ प्रतिवेदन तयारी, पदमार्ग विकास तथा प्रवर्द्धन योजना तयारी, पदमार्गको नयाँ नक्सा प्रकाशित, पदयात्रा मार्ग प्रवद्र्धनात्मक वृत्तचित्र तथा ‘ब्रोसियर’ निर्माण, पदमार्गमा पर्यटन सूचना ‘साइनबोर्ड’ राख्नेलगायत काम गर्ने टानका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद दाहालले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Below Reaction 2
Below Reaction 3
Below Related
Below Related 2
Below Related 2
Sahid Memorial
DHO Dengue

धादिङ स्पेसल

Below Dhading Special3