आर्थिक / नेपाल / विज्ञान/प्रविधि

गृहपृष्ठ आर्थिक / नेपाल / विज्ञान/प्रविधि
Pageutter

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा मंसिर २ देखि क्यालिब्रेसन उडान हुँदै

Nikantha Na Pa
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा मंसिर २ देखि क्यालिब्रेसन उडान हुँदै

काठमाडौँ : मुलुककै तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा पुस १७ देखि सञ्चालनमा ल्याइन लागेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उडानसँग सम्बन्धित प्राविधि जाँच गर्न मंसिर २ गतेदेखि क्यालिब्रेसन उडान हुने भएको छ ।

नागरिक उड्डयन प्राधिकरणले थाइल्यान्डको एरोनटिकल रेडियो अफ थाइल्यान्ड लिमिटेडको विमानलाई मंसिर २ देखि १२ गतेसम्म उक्त विमानस्थलको क्यालिब्रेसन उडान अनुमति दिएको छ । उक्त विमानले ११ दिनमध्ये ७ दिन पोखराको आकाशमा उडेर त्यहा जडान भएका उडान सम्बन्धी उपकरण तथा प्रविधिहरुको जाँच गर्ने छ ।

थाई कम्पनीको विशेष विमान सुपर किङ एयर बिचक्राफ्ट विमानले पोखरा विमानस्थलमा जडान भएका उडान सम्बन्धी सञ्चार उपकरण, नेभिगेसन, सर्भिलेन्स आदि प्रविधि व्यावसायिक उडानयोग्य छन् या छैन भनेर जाँच गर्ने छ, प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले भने यो पोखरामा हुन लागेको पहिलो क्यालिब्रेसन उडान हो ।

Sahid Memorial
Pageutter
Pageutter

एरोथाईले क्यालिब्रेसन उडान सकेपछि प्रतिवेदन दिने छ । त्यसपछि परीक्षण उडान र व्यवसायिक उडानका लागि बाटो खुला हुने छ । उनका अनुसार क्यालिब्रेसन उडानमा एरोथाईका पाइलट, रेडियो, एरोनटिकल, इलेक्ट्रोनिकल इन्जिनियर तथा प्राविधिहरु हुने छन् ।

Between Description 4

देशभरका विमानस्थलको हरेक वर्ष गर्नुपर्ने नियमित क्यालिब्रेसन उडानका लागि आउदै गरेको एरोथाईलाई प्राधिकरणले पोखराको पनि जिम्मा दिएको हो ।

मंगलबार बैंककबाट ढाका हुँदै नेपाल आउने एरोथाईको विमान २४ दिन नेपाल रहेर मंसिर १९ गते मात्रै स्वदेश फर्किने छ । यसअघि भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन उडान पनि यसै कम्पनीको विमानले गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Below Reaction 2
Below Reaction 3
Below Related
Below Related 2
Below Related 2
Sahid Memorial
DHO Dengue

धादिङ स्पेसल

Below Dhading Special3