राजनिति / नेपाल / स्थानीय निर्वाचन २०७९

गृहपृष्ठ राजनिति / नेपाल / स्थानीय निर्वाचन २०७९
Pageutter

बाजुराको बुढीगंगामा ६७ प्रतिशत मतदान

Nikantha Na Pa
बाजुराको बुढीगंगामा ६७ प्रतिशत मतदान

डोटी : बाजुराको बुढीगंगा नगरपालिकामा भएको पुनः मतदानमा ६६÷८३ प्रतिशत मत खसेको छ । कडा सुरक्षा व्यवस्थाका बीच बिहीबार दिनभर भएको मतदानमा १३ हजार ६ सइ ५९ मतदातामध्धे ९ हजार १ सइ २८ मतदाताले मतदान गरेका जिल्ला निर्वाचन अधिकारी नवराज अवस्थीले जानकारी दिए ।

बुढीगंगा नगरपालिका – ९ को त्रिशक्ति मतदान केन्द्रमा सामान्य विवाद भएपछि बिहीबार दिउँसो प्रहरीले हवाइ फायर गरेको थियो । अन्य ठाउँमा भने कुनै पनि विवाद नभएको जिल्ला प्रशासन कार्यलय बाजुराले जनाएको छ ।

त्रिशक्ति मतदान केन्द्रमा पनि ३५ मिनेट जति मतदान रोकिएर पुन सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिए । नगरपालिकाका १० मतदान स्थलका १९ मतदान केन्द्रमा एक हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन भएका थिए ।

वैशाख ३० गते भएको निर्वाचन यस नगरपालिकामा विवादका कारण पुन मतदान गर्ने निर्वाचन आयोगले निर्णय गरेको थियो । वैशाख ३० मा भएको चुनावमा बुढीगंगाका १० वडामध्ये ६ वटामा विवाद भएको थियो । ६ वटै वडाका मतदानस्थलमा झडप, उम्मेदवारमाथि कुटपिट र मतदाता लखेटिएका थिए ।

Sahid Memorial
Pageutter
Pageutter

नगर प्रमुखमा नेपाली कांग्रेसबाट रङ्गबहादुर खाती र नेकपा एमालेबाट रामबहादुर बानियाँ उम्मेदवार रहेका छन् । काँग्रेसका उम्मेदवार खातीलाई सत्ता गठबन्धनका अरु दलको पनि समर्थन छ ।

Between Description 4

 केही सानातिना घटनाबाहेक निर्वाचन शान्तिपूर्ण भयो,’ उनले भने, ‘मतपेटिका संकलन गरेर आजै मतगणना गर्ने तयारी छ। मतपेटिका संकलन गरेपछि सर्वदलीय बैठक बस्ने र मतगणना सुरू हुनेछ।

गत वैशाख ३० मा यहाँ स्थानीय चुनाव भए पनि बुथ कब्जा भएको भन्दै विरोध भएपछि निर्वाचन आयोगले पुन निर्वाचन गर्ने निर्णय गरेको थियो।

कांग्रेसबाट बुढीगंगाको मेयरमा रंगबहादुर खाती र एमालेबाट रामबहादुर बानियाँ तथा उपमेयरमा कांग्रेसबाट रिता शाही शाह र एमालेबाट मायाकुमारी खड्का कुँवर उम्मेदवार छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Below Reaction 2
Below Reaction 3
Below Related
Below Related 2
Below Related 2
Sahid Memorial
DHO Dengue

धादिङ स्पेसल

Below Dhading Special3