राजनिति / नेपाल / स्थानीय निर्वाचन २०७९

गृहपृष्ठ राजनिति / नेपाल / स्थानीय निर्वाचन २०७९
Pageutter

विद्युतीय मतदान गर्ने भए साउनभित्र मेसिन दिन निर्वाचन आयोगको आग्रह

Nikantha Na Pa
विद्युतीय मतदान गर्ने भए साउनभित्र मेसिन दिन  निर्वाचन आयोगको आग्रह

काठमाण्डौ : निर्वाचन आयोगले आउने चुनावमा विद्युतीय मतदान मेशिनको प्रयोग गर्न सरकारसँग मेशिन माग गरेको छ । आयोगले आउने प्रदेश सभा र प्रतिनिधि सभाको चुनावमा विद्युतीय मतदान मेशिनको प्रयोग गर्नका लागि साउनभित्रै उपलब्ध गराउन सरकारसँगै माग गरेको हो । 

आयोगले नेपालमै निर्मित मेशिन तत्कालै उपलब्ध नहुने अवस्था आएमा आउँदो साउनसम्म विदेशबाट किनेरै भए पनि उपलब्ध गराउन आग्रह गरेको छ । यसका लागि आयोगले विद्युतीय मतदान यन्त्र प्रयोगसम्बन्धी अध्ययन प्रतिवेदन गृह मन्त्रालयमार्फत मन्त्रिपरिषदमा पेस गरिसकेको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आज बिहीवार एक विज्ञप्ति निकालेर जानकारी दिनुभएको छ । 

निर्वाचन आयोगले विद्युतीय मतदानका विषयमा अध्ययन गर्न एक अध्ययन समिति बनाएको थियो । त्यही समितिले विद्युतीय मतदान यन्त्र प्रयोगको विषयमा सुझावसहितको प्रतिवेदन दिएको छ भने कार्यान्वयनका लागि गृह मन्त्रालयमार्फत मन्त्रिपरिषदमा पठाएको हो । 


 

Sahid Memorial
Pageutter
Pageutter

विद्युतीय मतदान यन्त्रबाट मतदान गर्दा मत बदर हुने सम्भावना हुँदैन । मतपत्रमार्फत मतदान गर्दा पाँचदेखि आठ प्रतिशतसम्म मत बदर हुने गरेको पाइएकाले विद्युतीय मतदान मेशिनका सम्बन्धमा लामो समयदेखि चर्चा हुँदै आए पनि कार्यान्वयन भने भएको छैन । 

Between Description 4

गएको वैशाख ३० गते भएको पालिका चुनावमा पनि निर्वाचन आयोगले गठन गरेको उच्चस्तरीय विज्ञ टोलीले विद्युतीय मेशिनबाट मतदान गर्न सुझाव दिए पनि कागजी मतपत्र नै प्रयोग भएको थियो । यसअघि २०६४ सालको संविधान सभा चुनावमा ६ वटा निर्वाचन क्षेत्रमा र २०७१ सालको संविधान सभाको उपचुनावमा पाँच वटा निर्वाचन क्षेत्रमा विद्युतीय मतदान मेशिनको प्रयोग भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Below Reaction 2
Below Reaction 3
Below Related
Below Related 2
Below Related 2
Sahid Memorial
DHO Dengue

धादिङ स्पेसल

Below Dhading Special3