राजनिति / सुचना-सन्देश / नेपाल / स्थानीय निर्वाचन २०७९

गृहपृष्ठ राजनिति / सुचना-सन्देश / नेपाल / स्थानीय निर्वाचन २०७९
Pageutter

प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारी सुरु निर्वाचन आयोग

Nikantha Na Pa
प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारी सुरु निर्वाचन आयोग

काठमाडौँ  : निर्वाचन आयोग नेपालले आगामी मंसिरको पहिलो सातासम्म प्रदेश र संघीय निर्वाचन गर्ने गरी तयारी थालेको जनाएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आसन्न प्रदेश र संघको निर्वाचन आगामी मंसिर महिनाको पहिलो सातासम्म गर्ने गरी आयोगले आन्तरिक तयारी थालेको बताएका हुन् ।

उनले आयोगले एकै चरणमा निर्वाचन गर्दा मंसिरको पहिलो सातासम्म निर्वाचन गर्ने गरी आन्तरिक तयारी गरेको पनि बताए । प्रवक्ता पौडेलले आयोगले सरकारलाई निर्वाचन कानुनबमोजिम दिएको परामर्शमा सरकारले निर्वाचन मिति घोषणा गर्ने भएकोले आयोगले आन्तरिक तयारी गरिरहेको पनि स्पष्ट पारे ।

‘आयोगको आन्तरिक र अनौपचारिक छलफलमा अहिले पनि आयोग एकै चरणमा निर्वाचन हुनुपर्ने बताए । एकै चरणमा निर्वाचन गर्दा मंसिरको पहिलो सातासम्म निर्वाचन गर्ने गरी आन्तरिक तयारी गरेको छ । यस सम्बन्धमा आयोगले सरकारलाई निर्वाचन कानुन बमोजिम आयोगको परामर्शमा सरकारले निर्वाचनको मिति घोषणा गर्ने भएकोले आयोगले परामर्श गरिरहेको छ ।

नेपालले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई मध्यनजर गरी असार १ गतेदेखि मतदाता नामावली संकलन र अद्यावधिक गर्ने कार्यक्रम सुरु गर्ने बताए ।

 

Sahid Memorial
Pageutter
Pageutter

प्रवक्ता पौडेलले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको मिति निकट भविष्यमा घोषणा हुने सम्भावनालाई मध्यनजर गरेर असार १ गतेदेखि सबै निर्वाचन कार्यालयहरु र सबै जिल्ला प्रशासन कार्यालय एवं ७३ वटा इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली संकलन र अद्यावधिक गर्ने कार्यक्रम सुरु गर्न लागेको बताए । 

Between Description 4

उनले हाल अस्थायी बसोबास गरिरहेकै जिल्लाको निर्वाचन कार्यालय गइ मतदाता नामावली दर्ता गर्न सकिने पनि उल्लेख गरे । प्रवक्ता पौडेलका अनुसार मतदाता नामावलीमा रहेको आफ्नो नाम, ठेगाना, जन्ममिति लगायत विवरण सच्याउन प्रमाणसहित निवेदन दिएमा आवश्यक निर्णय गरी त्रुटि सच्याउन सकिने छ ।  

कुनै मतदाताले झुटो विवरण दिइ मतदाता नामावलीमा नाम समावेश गरेको भनि नाम हटाउन प्रमाणसहित उजुरी आएमा नाम दर्ता अधिकारीले छानबिन गरी नाम हटाउन सक्ने व्यवस्था गरेको पनि आयोगले जनाएको छ । कुनै मतदाताले विवाह वा बसाइँ सरेको कारण मतदाता नामावलीमा रहेको आफ्नो ठेगाना परिवर्तन गर्न चाहेमा साविकमा नाम दर्ता भएको जिल्ला वा नाम सार्न चाहेको जिल्लाको निर्वाचन कार्यालयमा निवेदन दिन सक्ने व्यवस्था गरिएको जानकारी दिए ।

साथै मतदाताले आवश्यक कागजातसहित आयोगको कार्यालयमा निवेदन दिएमा निर्वाचन अधिकारीले नामावली अद्यावधिक गर्ने बताइएका छन ।


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Below Reaction 2
Below Reaction 3
Below Related
Below Related 2
Below Related 2
Sahid Memorial
DHO Dengue

धादिङ स्पेसल

Below Dhading Special3