Weather : 15.12° Celsius Kathmandu
अनिल आचार्य
धादिङ: गत बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा धादिङको सिद्धलेक गाउँपालिकामा सत्ता गठबन्धनमा सामेल दलहरु काँग्रेस एकिकृत समाजबादी र नेकपा माओवादी केन्द्र बीच वडा तहसम्म तालमेल देखिएको थियो । वडा सदस्य समेत बाँडेर चुनाव लडेका सत्ताधारी दलहरु कार्यपालिकाको चुनावमा भने बहुमत पु¥याउने लोभले विभाजित भएका छन् ।
६ जना कार्यपालिका सदस्यको लागि केन्द्रिय निर्देशन अनुसार सत्ताधारी तीन दलवीच २–२ जना बाड्ने अनौपचारिक सहमति भएपनि कार्यपालिकामा बहुमत पु¥याउने चलखेलले गठबन्धन भित्रै दरार देखिएको छ । त्यसको सोझो फाइदा भने नेकपा एमालेले लिएको छ ।
२०७४ को स्थानीय तहको निर्वाचनमा एकल बहुमतको कार्यपालिका लिएर गाउँपालिका चलाएको एमालेले यस वर्ष पालिका अध्यक्ष र उपाध्यक्षको साख त जोगाउन सकेन नै, ७ वटा वडा मध्ये ३ वटामा खुम्चिन पुगेको थियो । अध्यक्ष र उपाध्यक्ष बाँडेर चुनावमा विजय हाँसिल गरेको काँग्रेस र नेकपा एसले कार्यपालिका आफु अनुकुल बहुमतले चलाउने महत्वकाँक्षा देखाउँदा त्यसको फाइदा भने नेकपा एमालले उठाएको छ ।
कार्यपालिकाको चुनावमा एमाले र एमालेबाटै फुटेर बनेको नेकपा एकिकृत समाजबादी मिलेर चुनाव लड्दा ३/३ सिट बाडे । र सवैमा पदमा विजयी पनि भएका छन् । यो भागबण्डा पश्चात १५ सदस्य रहेको सिद्धलेकको कार्यपालिकामा एमालेले ६ जनाको बलियो उपस्थिति जनाएको छ ।
कार्यपालिका सदस्यको निर्वाचन नतिजापछि सिद्धलेक गाउँकार्यपालिकामा कार्यपालिका सदस्यको चुनावमा एकैसाथ रहेका काँग्रेस र माओवादीसंग अध्यक्ष सहित ५ सदस्य रहेको छ भने उपाध्यक्ष रहेको नेकपा एकिकृत समाजबादीसंग कार्यपालिका सदस्य निर्वाचित ३ जना सहित ४ जना पुगेको छ । त्यस्तै नेकपा एमालेसंग ६ जना सदस्य पुगेको छ । एमाले र समाजबादी मिल्दा कार्यपालिकामा स्पष्ट बहुमत पुगेको छ ।
स्रोतका अनुसार एमाले र एमालेबाट फुटेर बनेको नेकपा एकिकृत समाजबादी मिलेर बहुमतको आधारमा गाउँकार्यपालिका चलाउने दाउपेचका कारण सत्तागठबन्धनमा दरार देखिएको हो । तर यो कुरा स्वीकार्न नेकपा एसको नेतृत्व तयार छैन ।
समाजबादीका एक नेता काँग्रेसले माओवादी र एमालेसंग मिलेर कार्यपालिकामा बहुमत पु¥याउन खोजेको र समाजबादीलाइ बाइपास गर्न खोजेको पुर्व सूचना पाएकाले एमालेसंग मिल्नुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएको बताउँछ भने काँग्रेस नेतृत्व भने गठबन्धनलाइ धोकादिने नियतले कुनै पनि भेटघाट र बार्तालाप नभएको बताउँछ ।
एमालेलाइ हराउनको लागि पालिका र वडामा मिलेका सत्ताधारी दलहरु बहुमतको लोभमा फस्दा आगामी दिनमा कार्यपालिका संचालनको क्रममा ‘भुइको टिप्दा पोल्टाको खसेको’ भन्ने उखान चरितार्थ नहोला भन्न सकिन्न ।