धादिङ स्पेशल / आर्थिक / व्यापार / जीवनशैली / शिक्षा / नेपाल / गाउँ-समाज / स्वास्थ्य

गृहपृष्ठ धादिङ स्पेशल / आर्थिक / व्यापार / जीवनशैली / शिक्षा / नेपाल / गाउँ-समाज / स्वास्थ्य
Pageutter

खोइ श्रमको मुल्य ? ‘सुन’ चाल्नेलाइ नै जिवन धान्न धौ धौ

Nikantha Na Pa
खोइ श्रमको मुल्य ? ‘सुन’ चाल्नेलाइ नै जिवन धान्न धौ धौ

धादिङ ः बजारमा सुनको मुल्य दिनहुँ बढिरहेको छ, सुनको मुल्य सुन्दामात्रै पनि जोकोहीको मुखबाट जिव्रो निक्लन्छ, तर यही सुन चालेर जिविका चलाउनेहरुको भने दैनिक चलाउन समेत समस्या छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ । तर यो बास्तविकता हो ।
पुसको चिसो ठन्डी, अपरान्हसम्म पनि घाम देख्न मुस्किल हुने नदि किनारको छेउ, न त जाडोको कुनै गुञ्जायस नै छ, न त त्रिशुलीको चिसो पानीको कुनै परवाह नै । विहान झिसमिसे भएदेखि नै त्रिशुली नदी किनारमा उनीहरुको दैनिकि सुरु भइहाल्छ । उनीहरु हुन्, बर्षौ अघिदेखि नदीकिनारमा सुन चाल्दै आफ्नो जिविका चलाउदै आएका तनहुँका बोटेहरु ।
हिउँदका ८ महिना यसरी नै त्रिशुली करिडोरका नदी किनारमा सुन चाल्दै घुमन्ते जीवन विताउदै आएका बोटे समुदायहरुलाइ हिजोआज सुन चालेर पनि आफ्नो दैनिकि धान्न धौ धौ हुने गरेको छ । उपभोग्य बस्तुहरुको मुल्य महिनापिच्छे बढेको बढ्यै गर्ने तर उनीहरुले चालेको सुनको मुल्य भने सधै स्थिर रहने भएकाले पनि जिविका चलाउन मुस्किल हुने गरेको बोटेहरु बताउछन् ।

Sahid Memorial

बजारमा सुन प्रतितोला झण्डै एक लाखको हाराहारीमा कारोवार भइरहेको छ । तर नदी किनारमा बालुवा चालेर सुन खोज्ने बोटे समुदायलाइ खोजेको सुन भने ज्यादै न्युन शुल्कमा विक्री हुने गर्दछ । उनीहरुलाई न त सुनको मुल्य नै थाहा छ, न त उनीहरुले खोजेको सुनको मुल्य नै विक्रि गर्दा उचित रकम पाउने गरेका छन् । त्रिशुली नदीमा बालुवामा सुन चालिरहेका सोम बहादुर बोटेले भने, ‘पढाइ लेखाइ छैन, जस्ले जति भनिदिएपनि बेच्नै पर्यो, विक्री नभए विहान बेलुका खाने चामल किन्ने पैसा समेत हुन्न ।’
दिनभर बालुवामा सुन चालेर जम्मा भएको सुन उनीहरुले साप्ताहिक रुपमा नजिकका सुन पसलहरुमा लगेर बेच्ने गर्छन । बजारमा सुनको मुल्य एक लालकै एक हजारको हाराहारीमा रहेको बेलामा पनि बोटेहरुले चालेको सुन मुस्किलले ५ सय रुपैया प्रतिलाल विक्री हुने गरेको छ । हिँउदको ८ महिना नदी किनारमा फिरन्ते जिवन विताउने तनहुँका बोटे समुदायका मानिसहरु वर्षैदेखी यो समस्याबाट पिल्सीदै आएका छन् । 
नदी किनारामा नै छाप्रो हालेर बस्ने अनि दिनभरी बालुवा चालेर सुन खोज्ने आफ्नो मुख्य पेशा बनाउदै आएको यो समुदायका मानिसहरु अहिले त्रिशुली नदी किनारमा आई पुगेका हुन् । चिसो ठण्डीमा दिनभरी चालेको बालुवा बाट निस्कियको सुन विक्रिबाट अहिले मुस्किलले पाँच देखि छ सय आम्दानी गर्ने गरेको बोटे समुदायका मानिसहरु बताउछन् ।
‘दिनभर पानीमा हात डुवाएर सुन खोज्यो मुस्किलले ५–६ सय कमाइ हुन्छ, त्यसो त पहिले जसो सुन पनि भेटिदैन आजकाल ।’ बालुवा चालिरहेकी सानुकान्छी बोटेले भनिन्, ‘पुर्खादेखी नै गर्दै आएको सुन खोज्ने पेशाबाट दैनिकि चलाउन समेत मुस्किल भएको छ, यो काम गर्न छाडौ अरु केही सिप छैन, नछाडौँ अव त गाह्रो हुन थालिसक्यो ।’ उनीहरुले दिनभरी बालुवा चाल्दा मुस्किलले एकदेखी डेढ लाल सम्म सुन संकलन हुने गर्दछ ।
उनीहरुले निकालेको सुनको मुल्य पनि अरु बजारमा पाईने सुनको जतिकै मुल्य सरकारले तोकिदिनु पर्ने माग बोटेहरुले गरेका छन् । ‘बजारमा पाइने सुन भन्दा पनि शुद्ध हुन्छ हामीले निकालेको सुन ।’ सोम बहादुर बोटेले भने, ‘बजारमा चलेको मुल्य बराबर हामीले निकालेको सुनको मुल्य मात्रै पाए त हामीलाइ अलिक सन्तोष हुन्थ्यो ।’
पुर्खौ देखि यो पेशा गरिरहेको भएपनि पछिल्ला वर्षहरुमा पहिलेको तुलनामा सुन पाइने छाडेको सोम बहादुरले बताए । बर्खामास भरि किनारमा बालुवा थुप्रिएका ठाउँमा उनीहरुले सुन चाल्ने ठाउँ हुन् तर बोटेहरु आइपुग्नु अगावै डोजरले बालुवा उत्खनन गरिसक्ने भएका कारण पनि सुन भेटिन कम भएको बोटेहरुको बुझाइ छ । ‘पहिले हामीले सुन निकाल्ने बगरभरि आजकाल डोजर र टिपर कुदिरहेका छन्, अनि कहाँबाट पाउनु सुन’ सोम बहादुरले भने ।
विषेस गरी त्रिशुली बुढिगण्डकी, काली गण्डकी र मस्र्याङ्गदी  लगायतका नदीहरुमा बोटे समुदायका मानिसहरु हिउदका ८ महिना घुमन्ते जीवन विताउदै सुन खोज्नका लागि हिड्ने गर्दछन् । 
फोटो ः त्रिशुली नदी किनारमा सुन चालिरहेका बोटेहरु ।
 
Between Description 4

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Below Reaction 2
Below Reaction 3
Below Related
Below Related 2
Below Related 2
Sahid Memorial
DHO Dengue

धादिङ स्पेसल

Below Dhading Special3