विचार/अन्तरवार्ता

गृहपृष्ठ विचार/अन्तरवार्ता

जनयुद्धको फल गणतन्त्र

जनयुद्धको फल गणतन्त्र

निर्मल नारायण/

शक्ति प्रदर्शन भनेको धन प्रदर्शन हो, बल प्रदर्शन हो । शक्ति प्रदर्शनको खातिर आवश्यक पर्ने धन बल आर्जन गर्न गरिएका सबै कुकर्महरु जायज हुने व्यवस्था रहेछ गणतन्त्र राज्य व्यवस्था । यहि समयले सिकाएको पाठ हो ।
यहि सिद्धान्त स्वीकार गर्छन गणतन्त्र प्रेमिहरु ।
अझै घर घडेरी डाडा पाखा गाडी घोडा डोजर टिफर, खोला बगर सल्टाउन बाकी हो भने मुट्ठी कसेर भनौ,
कमरेड ! गणतन्त्र जिन्दावाद ।
नत्र विधि बिधान, नीति, बिचार, सिद्धान्त बिनाको
शक्ति प्रदर्सन भनेको भुस्टिघ्रे राजनीति हो ।
र माछो माछो भ्यागुतो भने झै गणतन्त्र गणतन्त्र गेडातन्त्र भैसक्यो । गणतन्त्रको नारा भजन गर्दै झन्डा बोकेर पछि पछि लागेपछी अगाडि ब्यानर समात्नेको मार्ग कताको हो बुझ्नु पर्दैन र कमरेड ?
गणतन्त्रबादि नेताहरु घुस खादैनन । घुस, कमिसन नाफा जे जति दिनुपर्ने हो सिधै श्रीमती जि कै नाममा जम्मा गर्नु पर्ने गणतन्त्रको नियम छ । बिवाह जनबादी नै हुन सक्छ, कतै खोजी भै हाले दाइजोमा आको भन्न नि मिल्ने ! झुटको ब्यापार अपार छ, हैन त कमरेड ?

सरकारले तलब भत्ता सुबिधा सहित जनताको सेवा गर्न पालेका कर्मचारी तथा प्रहरी प्रशासनको काम ठग दलाल तस्कर भ्रष्ट जस्ता अपराधी संग मिलेर जनता लुट्ने मात्र हो कि जस्तो लाग्दैछ । यहि हो जनयुद्धको उपलब्धि ?
एकातिर कलिला नानीहरुलाई चिमोटेका छ्न निमोठेका छन, अर्कोतिर जीवन धान्नकै लागि यौनकर्म बाध्य छन नारिहरु । अकुत पैसाको थुप्रो तह लाउन परे त्यो पनि जायज हो कि क्या हो कमरेड ?
परिवर्तन नबुझेर हैन बेरोजगारीले बहुलाएका युवा उफार्दै बिश्वकै शक्तिशाली नेता हुं भन्ने हुंकार सुहाएकै छैन । बिश्वकै
उत्कृष्ट संविधानले न्याय कसलाई गर्यो ? गाडिमा जवानी बेच्ने युवालाई सोध्ने फुर्सद निकाली हेर्नू ! कमरेड !
त्यति धेरै भ्रम नछरौ कमरेड ! यो रोजगारी खडेरिमा भ्रम उम्रन्न ।
सृष्टि रहेसम्म कुनै पनि लडाइँ अन्तिम हुदैन । हरेक पुस्ता आफ्नो अधिकारको लागि निरन्तर लडिरहनु पर्छ । कमरेड अनि आसेपासे आफन्तको जीवन परिवर्तन हुदै जानु र जनताको अवस्थामा झन दयनीय भएको हुनाले जनयुद्धको फल कता लाग्यो ? गणतन्त्रको गणमा को को परे हामी हेर्दैछौ अनि बुझ्दैछौ जनयुद्ध शुरु गरिएको दिन रातो थियो कि कालो !!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
DHO Dengue
Dhading Hospital

धादिङ स्पेसल