धादिङ स्पेशल / जीवनशैली / नेपाल / अपराध

गृहपृष्ठ धादिङ स्पेशल / जीवनशैली / नेपाल / अपराध
Pageutter

धादिङमा आत्महत्याको डरलाग्दो रुप, ६ महिनामा गरे ७८ जनाले आत्महत्या

Nikantha Na Pa
धादिङमा आत्महत्याको डरलाग्दो रुप, ६ महिनामा गरे ७८ जनाले आत्महत्या

धादिङ : धादिङमा यस आर्थिक वर्षमा आत्महत्या गर्नेहरुको दर निकै डरलाग्दो देखिएको छ । सुरुवाती ६ महिनामा मात्रै ७८ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यलय धादिङको तथ्याङ्कमा देखिएको छ ।
गत साउन यतामात्रै विभिन्न तरिकाले ७८ जनाले आत्महत्या गरेका छन् । त्यसमध्ये ६४ जनाले झुण्डिएर, १३ जनाले विष सेवन गरेर र एक जनाले भीरबाट हामफालेर आत्महत्या गरेका हुन् । अघिल्लो १ वर्षभरि मै ९५ जनाले आत्महत्या गरेको भएपनि यस वर्ष भने ६ महिनामै आत्महत्या गर्नेको संङख्या ७८ जना पुगेको हो ।
पछिल्लो ६ महिनाको अवधिमा देखिएको आत्महत्याको अवस्थालाइ विश्लेषण गर्दा आत्महत्या न्युनीकरणको लागि गाउँ गाउँमा मनोसामाजिक परामर्श र सचेतना कार्यक्रम आवश्यक देखिएको धादिङका प्रहरी प्रमुख एसपी महेन्द्र खड्काले बताए ।
‘प्रहरीको काम भनेको अपराधीलाइ कारवाही गर्नुमात्रै नभइ जनताको सेवा सुरक्षा र अपराध न्युनिकरण गराउनुपनि एक हो ।’ खड्काले भने, ‘स्थानीय सरकारहरुसंग सहकार्य गरेर बढीमात्रामा देखिएका अपराध न्युनिकरण गर्नको लागि तथा आत्महत्या न्युनिकरणको लागि सचेतना अभियान संचालन गर्ने योजनामा छौँ ।’ धेरै जसो आत्महत्याका कारणहरुमा कोभिड पछिको आर्थिक समस्या, बैदेशिक रोजगारी, घरायसी झगडा लगायतका कारणहरु अनुसन्धानमा देखिएको प्रहरी उपरीक्षक खड्काले बताए ।

Sahid Memorial

पछिल्लो तीन वर्षमा मात्रै विभिन्न कारणबाट २ सय ८२ जनाले आत्महत्या गरेको तथ्याङ्क प्रहरीमा रहेको छ ।
जीवनमा अकल्पनीय परिवर्तन हुदा, दिर्घ रोग लाग्दा, व्यापार ब्यवसायमा घाटा हुँदा, अथवा सामाजिक बहिस्कृतको कारणले मानिसहरु आत्महत्या को निर्णय लिने गरेको मनोविमर्शकर्ता रामकुमार थापा बताउँछन । धादिङमा भने बैदेशिक रोजगारीबाट उत्पन्न हुने समस्याले पनि आत्महत्या भइरहेको थापाको भनाइ छ ।
थापाले भने, ‘सरदर हेर्दा एक महिनामा १३ जनाले आत्महत्या गरेर ज्याल फालिरहेका छन् ।’ थापाले भने, ‘धादिङ जत्तिको जनघनत्व भएको जिल्लाको आत्महत्याको मासिक तथ्याङ्क एकदमै भयावह अवस्था हो । आत्महत्या न्युनिकरणको लागि स्थानीय तहहरुले कुनै ठोस योजना नबनाउने हो भने यो विकृतिकै रुप लिन्छ ।’
आत्महत्या गर्ने नब्बे प्रतिशत भन्दा बढीले योजना बनाएर आत्महत्या गर्ने गरेको तथ्याङकले देखाएको छ । बाँकि १० प्रतिशतले मात्र एकछिन रिस खप्न नसकेर वा आवेगमा आएर मर्ने गरेका छन् । 
६ महिनामा २ सय ४१ वटा मुद्धा दर्ता
जिल्ला प्रहरी कार्यलयको तथ्याङ्क अनुसार आर्थिक वर्षको ६ महिनामा प्रहरी कार्यलय धादिङमा विभिन्न किसिमका २ सय ४१ वटा मुद्धा दर्ता भएका छन् । 
६ महिनाको अवधिमा जवरजस्ती करणीको १९ वटा मुद्धा दर्ता भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा जवरजस्ती करणीको संङ्ख्या पनि बढी देखिएको छ । त्यस्तै जवरजस्ती करणी उद्योगमा पनि १० वटा मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रमुख एसपी महेन्द्र खड्काले जानकारी दिए ।
त्यस्तै फरार प्रतिवादी पक्राउ अभियान र अदालतको फैसला कार्यन्वयन तर्फ पनि ठुलै सफलता हात पारेको प्रहरीले दावी गरेको छ । अदालतको फैसला कार्यन्वयन तर्फ ६ महिनामा विभिन्न अपराधमा सजाय पाएर फरार रहेका ३० जनालाइ पक्राउ गरि १३ वर्ष ४ महिना २३ दिनको कैद सजाय असुल गराइएको छ । 
पक्राउ परेकाहरुबाट २१ लाख ८१ हजार ७ सय २५ रुपैया जरिवाना संकलन भएको एसपी खड्काले बताए । त्यस्तै अपराध गरेर भागेका ४० प्रतीवादीहरुलाइ पनि पक्राउ गरि मुद्धा चलाएको छ । 

Between Description 4

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Below Reaction 2
Below Reaction 3
Below Related
Below Related 2
Below Related 2
Sahid Memorial
DHO Dengue

धादिङ स्पेसल

Below Dhading Special3