धादिङ स्पेशल / सिद्धलेक / जीवनशैली

गृहपृष्ठ धादिङ स्पेशल / सिद्धलेक / जीवनशैली
Pageutter

एक घर एक धाराले दलित समुदायलाइ राहत

Nikantha Na Pa
एक घर एक धाराले दलित समुदायलाइ राहत

धादिङ ः ‘पहिले पानी भर्न जाँदा पालो कुरेर घण्टौँ समय विताउनु पर्दथ्यो । दलित भएकै कारण धारामा पानी भर्न सहज थिएन, हेपिनु पर्ने चेपिनु पर्ने, कथित माथिल्लो जातकाले सहज पानी भर्न नदिने गर्थे । अहिले आँगनमै झरेको पानीको धाराले विगतमा भोगेका नमिठा दुःखका क्षणहरुलाइ पखालिदिएको जस्तो लाग्छ ।’
यो अनुभुति थियो धादिङको सिद्धलेक गाउँपालिका वडा नं ६ परेवाटारकी विन्दा विसुन्केको । गाउँपालिका र गैर सरकारी सस्थाको पहलमा गाउँका सवै घरमा एक घर एक धारा जडान भएपछि आयोजना उद्घाटन समारोहमा विसुन्केले ब्यक्त गरेको भनाइले सवैको मन छोयो । विन्दाले भनिन् ‘अहिले आँगनमै पानीको धारा झरेको छ । अव पानी खानकै लागि अरुबाट हेपिन पर्दैन, चेपिन पर्दैन, मन लागेको बेलामा धाराको टुटि खोलेर उपयोग गर्न पाइने भइयो । हामी दलित समुदायलाइ यो आयोजनाले आत्मसम्मान पनि थपिदिएको जस्तो लाग्यो ।’
अक्सफामको सहयोगमा प्रयास नेपाल धादिङले पुर्णिमा कार्यक्रम अन्तरगत संचालित योजनाबाट परेवाटारका ९२ घर–घरमा धारा, एक बिद्यालय, एक स्थायी प्रहरी बिट, एक सामुदायिक हल गरी ९५ वटा धारा मार्फत सबै घरधुरीमा स्वच्छ खानेपानी उपलब्ध गराएको छ । उक्त खानेपानी आयोजनाको बनाउनको लागि गाउँपालिकाले पनि साझेदारी गरेको थियो ।
पुर्णिमाको ७२ लाख ३६ हजार ४ सय ७२ रुपैया, सिद्धलेक गाउँ पालिकाको ७ लाख रुपैया र  स्थानीय उपभोक्ताबाट जनश्रमदान ३८ लाख १४ हजार ३  सय ७२ रुपैया समेत गरि कुल १ करोड १७ लाख ५० हजार ८ सय ४४ रुपैयाँको लागतमा खानेपानी योजना निर्माण सम्पन्न भएको प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्याल जानकारी दिए ।
खानेपानी आयोजना उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष प्रेम सिलवालले गैर सरकारी सस्थाको साझेदारीमा गाउँपालिका बासीलाइ पानीको सहज सुविधा दिन सकेकोमा खुसी ब्यक्त गरे । घरघरमा नै धारा निर्माण भएपछि महिलाको कार्यबोझ समेत कम हुने भएकोमा खुशी व्यक्त गर्दै पुर्ण सरसफाइमा ध्यान दिन र नियमित सरसफाइ तथा आयोजनाको दिगोपनमा बिशेष ध्यान दिन सिलवालले आग्रह गरे ।

Sahid Memorial

आयोजना सम्पन्न भएपछि पहिले खोलाबाट पानी बोकेर खाँदै आएका स्थानीयहरुलाइ धेरै राहत मिलेको छ । पहिले खोलाको धमिलो पानी खानु परेकोमा अहिले घर घर स्वच्छ पानी आएकोमा बृद्धा, महिला तथा बालबालिकालाई धेरै सजिलो भएको स्थानीयहरुले बताए ।
खानेपानी आयोजना बनेपछि परेवाटारका ६७ बर्षिय नीर बहादुर माझीले घरआँगनमै पानी थापेर खान पाउँदा धेरै खुसी लागेको बताए । विगतमा पानी खानकै लागि भोगेको कष्ट सम्झिदै माझीले भने, ‘हाम्रो पुस्ताले पानी बोकेरै खान लेखेको रहेछ, अहिले आगनमै पानीको धारा झर्दा अनौठो लागेको छ, यस्तो पनि हुदो रहेछ भन्ने लागेको छ ।’
घर घरमा खानेपानी पुगेपछि अब परेवाटार गाउँ पुर्ण सरसफाइमा अघि बढेको, प्रत्येक घरमा भाँडा सुकाउने टाँड बनाईएको, फोहोर व्यवस्थापनको लागि डस्विन राख्न सुरु गरिएको परेवाटार खानेपानी उपभोक्ता समितिका अध्यक्ष केशव थपलियाले बताए । 
उनले भने, ‘पानी नहुँदा सरसफाइमा पनि समस्या आउने गरेको थियो, अहिले घर घरमा खानेपानी धारा बनेको छ, पानीको सहज उपलब्धता भएपछि सरसफाइमाप नि प्रगती हुने नै भयो ।’
फोटो ः परेवाटार गाउँमा संचालन गरिएको खानेपानी आयोजनाको ट्याङ्की, धारा
 
Between Description 4

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Below Reaction 2
Below Reaction 3
Below Related
Below Related 2
Below Related 2
Sahid Memorial
DHO Dengue

धादिङ स्पेसल

Below Dhading Special3